back
CTIZAN AD

आगामी ३ दिनभित्र सबै खालका सवारी साधन चल्ने

वि.सं.२०७७ साउन ३ शनिवार

1.2K 

shares

काठमाडौं । काठमाडौं उपत्यकामा आगामी ३ दिनभित्र सबै खालका सवारी साधन चल्ने भएका छन् । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले यातायात क्षेत्रलाई सम्बोधन गरेसँगै उत्साहित बनेका व्यवसायीले सवारी साधन चलाउने भएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले २ देखि ३ दिनभित्रै पूर्ण रुपमा सवारी साधन चलाउने तयारी गरिएको बताए । उनका अनुसार बैंकको किस्ता तिर्ने समय सार्नुपर्ने, सुहलियत ब्याजदरमा पुनर्कर्जा पाउनुपर्नेलगायतका माग मौद्रिक नीतिले सम्बोधन गरेसँगै सवारी साधन खुलाउने तयारी गरिएको हो ।

सरकारले गत असार २६ गतेबाट जिल्लाभित्र र काठमाडौं उपत्यकाभित्रको सार्वजनिक सवारी खुला गरेपनि यातायात व्यवसायीका संगठनहरुले बस नचलाउने निर्णय गरेका कारण पूर्ण रुपमा बस चलेका छैनन् । व्यवसायीले लकडाउनले आफुँहरुलाई परेको मर्कालाई सम्बोधन गर्नुपर्ने बताएका थिए ।

यसअघि यातायात क्षेत्रसँग सम्बन्धीत व्यवसायी र मजदुरहरुले कार्यदल नै बनाएर सरकारसँग आफ्ना मागहरु राखेका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रतिनिधि सहभागि कार्यदलले सरकारसँग मागहरु राखेको थियो ।

वि.सं.२०७७ साउन ३ शनिवार २१:४९ मा प्रकाशित

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...