
४ साउन, काठमाडौँ । विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण मेक्सिकोमा करिब ३९ हजार व्यक्तिको ज्यान गएको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट ७ सय ३६ जनाको मृत्युपछि मेक्सिकामा यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ३८ हजार ८ सय ८८ पुगेको छ ।
मेक्सिकोमा गत २४ घण्टाको समय अवधिमा ७ हजार २ सय ५७ जना नयाँ संक्रमित थपिएपछि मेक्सिकोमा कुल संक्रमित संख्या३ लाख ३८ हजार १ सय १३ पुगेको छ ।