back
CTIZAN AD

मौद्रिक नितिको प्रभाब सेयर बजारमा, तीन पटक पोजेटीव सर्किट लागेर बजार बन्द

वि.सं.२०७७ साउन ४ आइतवार

897 

shares

४ साउन, काठमाडौं । साताको पहिलो दिन आईतबार सेयरबजारमा उछाल आएको छ । बजार खुलेको १ घण्टा ८ मिनेटमा ६ प्रतिशतले परिसूचक उकालो लागे पछि आईतबारको लागि बजार बन्द भएको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक निति ल्याएको २ पछि सेयर मार्केटमा यस्तो अबस्था आएको हो । बिश्लेषकहरुका अनुसार मौद्रिक निति मार्फत धेरै कुरुाको सम्बोधन गरे पछि यस्तो अबस्था आएको हो ।

आज बैैकिङ्, उत्पादन मूलक, अन्य र जीवन बीमा उपसूचक समूहको परिसूचकमा उछाल आउँदा समग्र परिसूचकमा नै सकारात्मक सर्किट लागेको हो ।

आज समग्र परिसूचक ८४.२६ अंकले उकालो लागेर १४७९.०३ बिन्दुमा पुगेको छ भने ठूला कम्पनीहरुको करोबार मापक सेन्सेटिभ पनि १७.३९ अंकले उकालो लागेर ३१२.४४ बिन्दुमा पुगेको छ ।

सेयर बजार छिट्टै बन्द भए पछि कारोबार रकम पनि घटेको छ । आज कूल सूचिकृत मध्ये १११ कम्पनीका ६ करोड २५ लाख ६६ हजार २९३ रुपैंयाँ बराबरको १ लाख ८० हजार ५९६ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

हिमालयन डिस्टिलरी (१६१), गुराँस लघुबित्त (९२), नबिल बैंक (७९) लगायतका लगानीकर्ताहरुले कमाउँदा गुमाउने लगानीकर्ताहरु देखिएनन ।
नेपाल पूनर्बीमा कम्पनी लिमिटेडले मात्र सबैधन्दा धेरै २ करोड ४१ लाख २ हजार ३२० रुपैंयाँ बराबरको ४४ हजार ४३६ कित्ता सेयर किनबेच भएको छ । उसको मात्र १३१ पटक सेयर लेनदेन हुँदा प्रतिकित्ता सेयर मूल्य ५७० थियो ।

वि.सं.२०७७ साउन ४ आइतवार १५:३२ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...