back
CTIZAN AD

पाँच इन्सपेक्टरसहित १०५ प्रहरीमा कोरोना संक्रमण, हेर्नुहोस् कुन जिल्लामा कति संक्रमित भए त ?

वि.सं.२०७७ साउन ४ आइतवार

846 

shares

४ साउन, काठमाण्डौं । विश्वव्यापी फैलिएको कोरोना महामारीले नेपालमा पनि झण्डै १८ हजार जनालाई संक्रमित बनाएको छ । कोरोना संक्रमणबाट स्वास्थ्य तथा सुरक्षा क्षेत्रका व्यक्तिहरु पनि बढी प्रभावित भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म देशैभरीका विभिन्न जिल्लामा कार्यरत पाँच इन्सपेक्टरसहित १०५ जना संक्रमित भएका छन् । तर, संक्रमितहरु निको हुने क्रम पनि बढिरहेको छ । १०५ जनामा ८२ जना निको भएर डिस्चार्ज भइसकेको पनि कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार संक्रमित हुनेमा पाँच इन्स्पेक्टरसहित ७ जना सई, ७ जना असई, ३१ जना हवल्दार, ५४ जना प्रहरी जवान र एकजना कार्यालय सहयोगी रहेका छन् । उनीहरुमा महिलाको संख्या २ रहेको छ भने १०३ पुरुष रहेका छन् ।

प्रहरीका अनुसार प्रदेश नं १ को धनकुटामा २ जनारहेका छन् । प्रदेश नं २ मा सबैभन्दा बढीमा संक्रमित देखिएको छ । जसमा धनुषामा १०, बारामा ७, सप्तरीमा ४, रौतहटमा ४, सिराहामा ३ र महोत्तरी र सर्लाहीमा २/२ जना गरी ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

बाग्मती प्रदेशमा काठमाण्डौंमा ८ र भक्तपुरमा १ जना गरी ९ जना ।  गण्डकी प्रदेशमा नवलपरासीमा ५, तनहुँमा २ र बाग्लुङमा १ गरी ८ जना ।

प्रदेश ५ का ६ जिल्लामा १३ जना संक्रमित भएका छन् । जसमा कपिलवस्तुमा ६, प्युठान, दाङ, बाँके र बर्दियामा २÷२ जना र गुल्मीमा १, जना गरी १३ जना संक्रमित भएका हुन् ।

त्यस्तै कर्णाली प्रदेशमा सबैभन्दा ३१ जनामा संक्रमण देखिएको हो । जसमा दैलेखमा १४, सुर्खेतमा ८, कञ्चनपुरका ४, जुम्लामा २, डोल्पामा २ र जाजरकोटमा १ जना रहेका छन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको बाजुरामा ६ र अछाममा २ जना गरी जम्मा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

वि.सं.२०७७ साउन ४ आइतवार १५:३८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...