जोते बापत बर्तन
२०३७ साल माघको कुरा हो। म कक्षा आठमा पढदै थिएँ। घरको खेतिपाति स्याहारेर सकि बा र दाजु मधेस मणिग्राम कान्छोबाको खेति स्याहारन झर्नु भएको थियो । बाँझोबारी जोत्न मिल्ने गरि माघेझरी लाग्यो। घाम लाग्न थालेपछि सबैले बाँझो वारि जोत्न थाले । हाम्रो घरमा आमा, म र साना भाइबैनि मात्र थियौं । एउटा मात्र गोरू थियो। एउटा मरेको थियो अलिअगाडी नै । म पनि वारि जोताउन सकिन्छ कि।। रु भनी दौडधुप गरेको उपाय लागेन एउटामात्र गोरू भएको कारणले। म छटपटाउँदै थिएँ वारि सुक्ने भयो भनेर। आफ्नो नसकि कोहिपनि हाम्रो जोत्न आइदिने कुरा पनि भएन, फेरि हलगोरू पनि थिएन। म दाजु र बा आइपुग्दा वारि जोतिसक्न पाए हुन्थो भनी डुलिरहेको थिए । धेरै मान्छेले मेरा कुर पत्याउदैन थिए । कतिले त गालि पनि गर्थे । हाल पाल्पा, माडी, फेदीका नेपालवंशमा सबैभन्दा जेष्ठ चन्द्रशेखर बा ले आफ्नो एउटा गोरू दिनुभयो र भन्नुभयो, तिम्रो जोत्न सकेर हलै गोरू हाम्रो जोत्न ल्याइदेउ । मैले त्यो गोरू लिएर घर आएँ र गोरूलाइ घाँस कुँडो दिएर जोत्ने मान्छे खोज्न हिडे कोहि पाइन अनि आफै गोरू नारेर जोत्न सुरू गरँ । बाहुनले जोत्न हुँदैन भन्ने भएकाले हेर्नेको भिड नै लाग्यो। जरोमा हलो अड्किने रहेछ, म गोरू पिट्ने, धपाउने गर्ने रहेछु । सुरू मेलो नै लिएन, धेरै सोइला, जुवा, नारा, ठेटि हलो भाँचिने, चुड्ने आदि भयो । धेरै जनाकहाँ पैँचो माग गरेर चलाएँ। धेरै छिमेकी बा, आमा, दाजुहरूबाट बा, दाजु नभएको बेलामा नचाहिने काम गरेको भनी गालि पनि खाइयो । तीन दिनमा हाम्रो अलि सुक्ने खण्डको वारि जोतेर सकियो। अर्को दिन चन्द्रशेखर बा कहाँ हलै गोरू लगिदिएँ। बा हरूको तिनदिन जोतेर हाम्रो गोरू लिएर आएँ । फेरि लामाचौर अचुत दाजुले एउटा गोरू दिनु भयो र दुइदिन जोतेर सकियो। सकिएको अर्कोदिन बा, दाजु आउनुभयो। बाटोमै सुन्नुभएको रहेछ। गर्न नहुने काम गरेको भनी गालि गर्नुभयो । राम्दिको जल गाग्रिको पानीमा मिसाएर जौ, तिल, कुस चाल्नामा राखि, चाल्नाबाट पानी ले नुहाइदिइ जनै फेरेपछि बर्तन जस्तै गरेर मात्र भान्सामा खान दिनुभयो ।
घरको धुरिमा बहुदलको निलो झण्डा
जनमत संग्रहको जोडटोडले प्रचारप्रसार भैरहेको थियो। चिदीपानीका प्रधानपन्च हाम्रा बम्शका समादरणिय बा खगनाथ नेपालले राजिनामा दिई बहुदलको प्रचारप्रसारमा लाग्नु भयो । पन्चहरू पनि बिदेशबाट आएको रातो गहुँ बाँडेर निर्दलको पक्षमा भोट दिनुपर्ने नत्र केही सहयोग नपाइने भन्दै प्रचारप्रसारमा लागिपरेका थिए। क.मनमोहन बाहेकका कम्निष्टहरू जनमतसंग्रह धोका हो भनिरहेका थिए । बा मदेशबाट आएपछि बहुदलको पक्षमा खुलेर लाग्नु भयो। पन्चका राता गहुँ बहिष्कार गरिदिनु भयाे। बा ले निलो कपडाको बहुदल पक्षको झन्डा लिएर आउनु भयो। दिनदिनै अन्य दाजुहरूलाई घरको धुरीमा झन्डा टाँगिदिन भनिरहनु हुन्थ्यो तर कसैले पनि आँट गरेको थिएनन् । घर छाउँदा मात्र धुरिमा जाने गरिन्थ्यो। घरछाउने कर्मि मात्र। धेरै दिनदेखि बा ले आँटेको काम नभएको देखेर एकदिन मैले आँट गरेर भने बा धुरिमा झण्डा म टाङन सक्छु । बा ले तैँले सक्दैनस्, भन्नुभयो र मलाई धुरिमा जान दिनुभएन धेरै दिनसम्म। केहि दिनपछि फेरि बा लाई म धुरिमा जानेकुरा गरेँ। त्यसदिन त झण्डा तयार पारि मलाई दिनुभयो, तँ राम्रो गरि जा है । म बाहिरबाट हेरेर बस्छु भन्नू भयो। बा का साथिहरू पनि हुनुहुन्थ्यो । म बैकलिमा गएर फेसको सानो झ्यालबाट बाट छानोमा निस्किएर धुरीमा पुगेँ। डर त लागेको थियो तर आँट गरेँ । म धुरीमा पुग्दा तल धेरै जना जम्मा भैसक्नु भएको थियो । म बा ले भनेअनुसार धुरीको बिचभागमा अलिकति छानो खोल्सिएर झन्डाको लौरो अलिकति तलतिर घुसारेर डाँडामा बलियो गरि बाँधेर झन्डा टाँगेर डराइ डराइ फेसको झ्यालमा आई बैकलि हुँदै तल झरेँ। झन्डा टाँगेर सक्दा तल हुने बा लगायत सबैले तालि बजाउनु भएको थियो ।
निरन्तर सङघर्समा
मेरो घरमुनि बारीसगै जोडिएको करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको १०० भन्दा धेरै आँपको रूखहरू भएको बगैंचा छ । मभन्दा जेठा सँगै खेल्ने, घाँसदाउरा, मेलापरिम, हामी कहा माहारा भन्छौँ गाईगोरू, बाख्रा सँगै चराउने मिल्ने साथी दाजु पदम ब। खनालले एकदिन करिब ५९७ आनाको सुनको औँठी बगैंचामा भेटाएछन । हुनत त्यसबेला सुनको मूल्य ३ हजार तोला जति थियो कि।। रु उनले भेटाएको कुरा गाउँ कै साहुनी आमाले थाहा पाउनुभएछ र यो औँठी मेरो हो, हाम्रो बाहेक यो ठाउँमा रगाउँमा कस्को हराउँछ र भनि राखिदिनु भएछ । पदम दाजुले हामी सबै युवा समुहलाई जानकारी गराए। एकदिन गाउँभरिका युबा जम्मा भएर साहुनी आमाकहाँ गयौं र भन्यौं औँठी फिर्ता गर्नुस, आमाले सहजै मान्नुभएन। हामी पनि औँठी फिर्ता नलिई फिर्ता हुनेवाला थिएनौं, नारा, जुलुस गरेम । अलिबेरको रस्साकस्सीपछी आमा रिसाउँदै उफ्रदै औँठी हाम्रो बिचमा फालिदिनुभयो । हाम्रो काम फत्ते भइहाल्यो। औँठी पदमबहादुर दाजुलाई हस्तान्तरण गरि हाम्रो एकता जिन्दावाद जस्ता नारा लगाउँदै बगैंचामा आई तितरबितर भै घरतिर लाग्यौं । बगैंचाको बिचभागमा हाल तल तस्बिरको मन्दिर निर्माण गरिएको छ ।
बा ले गर्नुभएको मुल्यांकन
प्रसङग २० ३३ साल जेष्ठको हो। म अमर नि।मा।बि। बगचौर, पाल्पामा कक्षा ५ मा पढ्दै थिएँ । बिद्यालयको बार्षिक उत्सब धुमधामले मनाउने चलन थियो । जेष्ठ १४ गते बार्षिक उत्सब थियो। बिहान सरस्वती पुजा, पिटिसो दिउसो प्रभातफेरि, खेलकुद, पुरस्कार बितरण, सभा, जलपान र साँझ देखि अर्कोबिहान उज्यालो हुँदासम्म साँस्कृतिक कार्यक्रम गरि मनाउने गरिन्थ्यो । साँस्कृतिक कार्यक्रमको, पिटिसो र खेलकुद एकमहिना अगाडिदेखि नै तालिम भैरन्थ्यो । साँस्कृतिक कार्यक्रमका सामान खैँजडि, मजुरा, मादल आदि र मन्च ब्यबस्थापनका पर्दा, ड्रेस आदि छिमेकी विद्यालयबाट मागेर ल्याउने चलन थियो। खैँजडि, मजुरा, मादल आदि कर्णधार नि.मा.बि। रजैपोखरामा करिब एक महिना अगाडि नै मलाई लिन पठाउनुभयो, सरहरूले । म गएर लिइ आएँ । १४ गतेको चारदिन अगाडि पर्दा, ड्रेस आदि सोहि विद्यालयमा लिन पठाउनुभयो सरहरूले, म गएर लिइ आएँ। १३ गते गाउँभरिका सबै जना जम्मा भइ १४ गतेको तयारी गर्ने र धोजापतका लगायत सिँगारपटार र भोलिको लागि जलपानको तयारी गर्ने चलन थियो। १३ गते म सदाकै समयमै स्कुल गयँ । मेरो त भोलि पिटिसो लागि ड्रेस तयार भैसकेको थियो । तर सरहरूका छोराछोरिका ड्रेस आइपुगेको रहेनछ। सरहरूको टेलर रजैपोखरा नै रहेछ। म स्कुल पुग्नासाथ सरहरूले मलाई उक्त ड्रेस लिन पठाउनु भयो। म आज्ञाँ सिरोपर गरेर गइहालेँ। मेरो बा पनि ११ बजेतिर स्कुल जानू भएछ, मलाई नदेखि सोधपुछ गर्दा म तेस्रोपटक रजैपोखरा गएको कुराले बा ले स्कुलमा भुर्तालो मच्चाउनु भएछ। म रजैपोखरा टेलर काहाँ पुग्दा ड्रेस तयार रैनछ। पर्खि तयारीपछि ल्याइ सरलाई बुझाई घर आउँदा धेरै मानिस बालाई सम्झाई रहेका थिए, भन्दै थिए –तपाईंको छोरो टाठो छ त्यसैले त्यसैलाई सधै पठाइयो । बा भन्दै हुनुहुन्थ्यो –मेरो छोरो टाठो त छ। बाठो छैन। यदि बाठो भएको भए केही निहुँ पारेर जसले जतिबेला, जहाँ, जतिपटक पठाउँदा जाँदैनथियो । यो मेरो बा ले मेरो बारेमा गर्नुभएको मुल्यांकन मलाई सधै पोलिरहन्छ। सन्दर्भ बा को स्मिृति दिबस। (क्रमश…)
वि.सं.२०७७ साउन ४ आइतवार १५:४३ मा प्रकाशित






























