back
CTIZAN AD

आजको बाढी पहिरो : कहाँ कहाँ बने सडक अवरुद्ध ?

वि.सं.२०७७ साउन ५ सोमवार

834 

shares

५ साउन, काठमाडौं । आइतबार साँझ परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँका सडक मार्गहरु अवरुद्ध हुन पुगेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार नौ ठाउँका सडक मार्ग अवरुद्ध भएका छन् ।

दार्चुला : महाकाली नगरपालिका-५ स्थित दार्चुला गोकुलेश्वर सडकखण्डमा आइतबार साँझ अविरल वर्षाका कारण पहिरो गई सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

धादिङ : गजुरी गाउँपालिका-२ फुर्केखोलास्थित पृथ्वीराजमार्गमा वर्षाको कारण पहिरो खसेर सोमबार बिहानदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको छ । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको बताइएका छ ।

यसैगरी धादिङः बेनिघाट रोराङ गाउँपालिका- १० बाँदरेभिरस्थित पृथ्वी राजमार्गमा वर्षाको कारण पहिरो खसेरसोमबार बिहानदेखि सडक अवरोध भएको छ । प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

पाल्पा : पूर्वखोला गाउँपालिका-१ सिलुवा र निस्दी गाउँपालिका-५ बेलडाँडास्थित तानसेन(रामपुर सडकखण्डमा अविरल वर्षाको कारण पहिरो खसेर सोमबार बिहानदेखि सडक अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय रामपुरर प्रहरी चौकी जब्गादीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

मनाङ : नासोँ गाउँपालिका-१ म्यार्दी भिरस्थित बेसीशहर(चामे सडकखण्डमा ढुङ्गा झरेरसोमबार बिहानदेखि सडक अवरोध भएको छ । प्रहरी चौकी तालबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

गोरखा : गोरखा नगरपालिका-२ कटुसघारीस्थित गोरखा आरुघाट सडकखण्डमा अविरल परेको वर्षाको कारण पहिरो झरेर सोमबार बिहानदेखिसडक पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी कोखेआहालेबाटखटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
यसैगरी गोरखा : गोरखा नगरपालिका-१२ सातकिलो भन्ने स्थानमा अविरल वर्षाको कारण पहिरो आई अमरसिंह राजमार्गसोमबार दिउँसोदेखिपूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी बाह्रबिसेबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

सोलुखुम्बु : दुधकुण्ड नगरपालिका-११ साल्मेस्थित सोलु(ओखलढुङगा सडकखण्डमा पहिरो खसेर सोमबार बिहानदेखिसडक अवरोध भएको छ । अस्थाई प्रहरी पोष्ट दोर्पुबाटखटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

पाँचथर : फाल्गुनन्द गाउँपालिका-३ स्थित पाङग्रेभीरमा अविरल वर्षाको कारण पहिरो झरेर मेची राजमार्गको सडकसोमबार दिउँसोदेखि अवरोध भएको छ । प्रहरी चौकी पौवासार्तापबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको बताइएको छ ।

तस्विर :पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मौवाखोला पुल

वि.सं.२०७७ साउन ५ सोमवार २१:१९ मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ...

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस...

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...