
५ साउन, काठमाडौं । आइतबार साँझ परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँका सडक मार्गहरु अवरुद्ध हुन पुगेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार नौ ठाउँका सडक मार्ग अवरुद्ध भएका छन् ।
दार्चुला : महाकाली नगरपालिका-५ स्थित दार्चुला गोकुलेश्वर सडकखण्डमा आइतबार साँझ अविरल वर्षाका कारण पहिरो गई सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
धादिङ : गजुरी गाउँपालिका-२ फुर्केखोलास्थित पृथ्वीराजमार्गमा वर्षाको कारण पहिरो खसेर सोमबार बिहानदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको छ । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको बताइएका छ ।
यसैगरी धादिङः बेनिघाट रोराङ गाउँपालिका- १० बाँदरेभिरस्थित पृथ्वी राजमार्गमा वर्षाको कारण पहिरो खसेरसोमबार बिहानदेखि सडक अवरोध भएको छ । प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
पाल्पा : पूर्वखोला गाउँपालिका-१ सिलुवा र निस्दी गाउँपालिका-५ बेलडाँडास्थित तानसेन(रामपुर सडकखण्डमा अविरल वर्षाको कारण पहिरो खसेर सोमबार बिहानदेखि सडक अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय रामपुरर प्रहरी चौकी जब्गादीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
मनाङ : नासोँ गाउँपालिका-१ म्यार्दी भिरस्थित बेसीशहर(चामे सडकखण्डमा ढुङ्गा झरेरसोमबार बिहानदेखि सडक अवरोध भएको छ । प्रहरी चौकी तालबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
गोरखा : गोरखा नगरपालिका-२ कटुसघारीस्थित गोरखा आरुघाट सडकखण्डमा अविरल परेको वर्षाको कारण पहिरो झरेर सोमबार बिहानदेखिसडक पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी कोखेआहालेबाटखटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
यसैगरी गोरखा : गोरखा नगरपालिका-१२ सातकिलो भन्ने स्थानमा अविरल वर्षाको कारण पहिरो आई अमरसिंह राजमार्गसोमबार दिउँसोदेखिपूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी बाह्रबिसेबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
सोलुखुम्बु : दुधकुण्ड नगरपालिका-११ साल्मेस्थित सोलु(ओखलढुङगा सडकखण्डमा पहिरो खसेर सोमबार बिहानदेखिसडक अवरोध भएको छ । अस्थाई प्रहरी पोष्ट दोर्पुबाटखटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
पाँचथर : फाल्गुनन्द गाउँपालिका-३ स्थित पाङग्रेभीरमा अविरल वर्षाको कारण पहिरो झरेर मेची राजमार्गको सडकसोमबार दिउँसोदेखि अवरोध भएको छ । प्रहरी चौकी पौवासार्तापबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको बताइएको छ ।
तस्विर :पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मौवाखोला पुल