back
CTIZAN AD

केरुङ च्छो पोखरी फुट्न सक्ने सम्भावना,भोटेकोशी र बाह्रबिसे क्षेत्र उच्च जोखिममा

वि.सं.२०७७ साउन ५ सोमवार

804 

shares

५ साउन, काठमाडौँ । चीनको स्वशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरी (ताल) भरिएर फुट्न सक्ने सम्भावना रहेसँगै सिन्धुपाल्चोकको भोटेकोशी र बाह्रबिसे क्षेत्रमा नदी किनाराका बस्ति जोखिममा परेको छ।

न्यालम क्षेत्रमा अध्याधिक वर्षा भैरहेका कारण पोखरीमा पानी भरिन गई फुट्न सक्ने सम्भावना रहेको भन्ने जानकारी चीनतर्फबाट आएको हुँदा भोटेकोशी गाउँपालिका बाह्रबिसे नगरपालिका लगायत स्थानीय तहहरुका बजार तथा मानववस्तीलाई सर्तक रहन भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सूचना जारी गरेको छ ।

पोखरी फुट्दा क्षति पु¥याउन सक्ने ठाउँका सर्वसाधारण, स्थानीय तहहरु लगायत सम्पूर्ण सरोकारवाला व्यक्ति एवम् संघसंस्थाहरुलाई सर्तकता अपनाउन, सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्व तयारी अपनाउन भनिएको छ ।

उच्च जोखिममा परेका ती ठाउँ वरपरका नागरिकलाई उक्त क्षेत्र छाडी सुरक्षित ठाउँमा जाने व्यवस्था मिलाउन जिल्ला विपद् व्यवस्थापन सिमिति सिन्धुपाल्चोकसँग पनि अनुरोध गरिएको छ ।

चीनले त्यसवरपरका आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सारिसकेको छ ।

वि.सं.२०७७ साउन ५ सोमवार २१:०२ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...