back
CTIZAN AD

आन्तरिक तथा बाह्रय उडान सूरु गर्ने निर्णय, लकडाउनलाई अझै खुकुलो बनाइने

वि.सं.२०७७ साउन ५ सोमवार

777 

shares

५ साउन, काठमाडौँ । सरकारले भदौ १ गतेबाट हवाई सेवा सञ्चालनमा ल्याउने भएको छ।

सोमवार बालुवाटारमा बसेको मन्त्री परिषद्को बैठकले पाँच महिनादेखि बन्द रहेको आन्तरिक तथा बाहृय उडान भदौ १ गतेबाट सुरु गर्ने निर्णय गरेको हो ।

नागरिक उड्डयन मन्त्रालयले हवाई उडानसम्बन्धी प्रोटोकल बनाउने र त्यसअनुसार भदौ १ बाट सेवा सुरु हुने बताइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उडान सेवा सञ्चालन गर्ने विषयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा प्रस्ताव पेश गरेको थियो । सोही प्रस्तावका आधारमा सरकारले उडानहरु सुचारु गर्ने निर्णय गरेको हो ।

नेपालमा कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लगाएको थियो। कोरोना रोकथाम तथा नियन्त्रणका लागि गतवर्ष चैत्र ११ गतेबाट आन्तरिक र बाह्य दुवै उडान उडान बन्द गरिएको थियो।

यसैबीच मन्त्रिपरिषद् बैठकले लकडाउनलाई अझै खुकुलो बनाउने निर्णय पनि गरेको छ । यथास्थितिको लकडाउन यही साउन ७ गते सकिँदैछ। त्यसपछिको चरणमा लकडाउनलाई अझै खुकुलो बनाउँदै लाने निर्णय पनि बैठकले गरेको जनाइएको छ ।

वि.सं.२०७७ साउन ५ सोमवार २१:४० मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...