back
CTIZAN AD

आज यी स्थानमा भारी वर्षाको सम्भावना, शतर्कता अपनाउन अनुरोध

वि.सं.२०७७ साउन ६ मंगलवार

792 

shares

६ साउन, काठमाण्डौं । आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

सावधानी रहन अनुरोध
आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, सुदुरपश्चिम प्रदेश को थोरै स्थानहरुमा साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

    • आज कोशी, नारायणी, पुर्वी राप्ती, तिनाउ लगायतमा बहाव खतरा तह माथि हुने पुर्वानुमान रहेकाले नदीतटिय क्षेत्रका कार्यहरू नगर्न वा उच्च सतर्कता अपनाउनहुन अनुरोध छ ।भोली र पर्सी प्रमूख र मझौला नदीहरू कन्काई, कोशी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव सतर्कता आसपास हुने भएकाले तटियक्षेत्रमा उच्च सतर्कता अपनाईराखौ ।
    • आज पाँचथर, ईलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सप्तरी, सिराहा, धनुषा लगायत प्रदेश २ को सबै जिल्लाहरु,सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, नुवाकोट, काठमाण्डौ उपत्यका, गोरखा, धादिङ, लम्जुङ, तनहूँ,स्याङ्जा, पर्वत, कास्की, म्याग्दी, बागलुङ ,चितवन, नवलपरासी, गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा,प्यूठान, रूकुम,रूपन्देही, कपिलबस्तु,दाङ, बाँके,बर्दिया, सर्खेत,दैलेख,जाजरकोट,कैलाली,कञ्चनपुर,डडेलधुरा,डोटी भई बहने साना नदीमा आकस्मिक बहावको संभावना रहेको छ ।रहेकोलेतटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔ ।
    • आगामी ३ दिन प्रदेश १,२, बागमती, गण्डकी र प्रदेश ५ भई बहने स-साना नदीमा पनि बाढीको उच्च जोखिम रहेकाले तटिय क्षेत्रका कार्य नगर्न वा उच्च सतर्कता अपनाऔ ।

 

 

वि.सं.२०७७ साउन ६ मंगलवार ०७:५७ मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ...

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस...

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...