back
CTIZAN AD

नारायणीमा पानीको बहाब खतरामाथि, सुस्ता आपसास डुबानको उच्च जोखिम

वि.सं.२०७७ साउन ६ मंगलवार

768 

shares

६ साउन, काठमाडौँ । नारायणी र यसका सहायक नदीमा बहाव खतरा तह भन्दा माथि हुने, नबलपरासीको सुस्ता र आसपास डुबानको उच्च जोखिम, तटिय क्षेत्रमा अति उच्च सतर्कता अपनाई सुरक्षित रहनहुन अनुरोध गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आज बिहान दिएको जानकारी अनुसार उपत्यकाको बागमती र सहायक नदीमा पनि बाढीको उच्च जोखिम रहेको छ । कोशीमा पनि बहाव खतरा आसपास हुने र बागमती, पुर्वी राप्ती, कमला, कन्काईमा पनि बाढीको जोखिम रहेको जनाएको छ।

बिहानको मापन अनुसार नारायणी र यसका केहि सहायक नदीमा बहाव खतरा आसपास छ भने कोशी र यसका सहायक नदीमा सतर्कता आसपास रहेको छ । पूर्वी राप्ती मा जलसतह सतर्कता आसपास रहेको छ । कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका केहि यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहे पनि हालसम्म सबैमा सतर्कता तह भन्दा तलै रहेको पनि विभागले जानकारी दिएको छ ।

आगामी ३ दिन प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ भई बहने स–साना नदीमा पनि बाढीको उच्च जोखिम रहेकाले तटिय क्षेत्रका कार्य नगर्न वा उच्च सतर्कता अपनाउन भनिएको छ ।

यस्तो छ तीन दिनसम्मको मौसमको पूर्वानुमान :

­बाढीपूर्वानुमान बुलेटिन(Flood Forecast Bulletin)

(जारी मिति: २०७७-०४-०६गते बिहान ०७बजे)

आज नारायणी र यसका सहायक नदीमा बहाव खतरा तह भन्दा माथि हुने,नबलपरासीको सुस्ता र आसपास डुबानको उच्च जोखिम, तटिय क्षेत्रमा अति उच्च सतर्कता अपनाई सुरक्षित रहनहुन अनुरोध छ । का. उपत्यकाको बागमती र सहायक नदीमा पनि बाढीको उच्च जोखिम ।

नदीहरुको हालको अवस्था (Present River Status)

आज बिहानको मापन अनुसारनारायणी र यसका केहि सहायक नदीमा बहाव खतरा आसपास छ भने कोशी र यसका सहायक नदीमा सतर्कता आसपास रहेको छ  ।पूर्वी राप्ती मा जलसतह सतर्कता आसपास रहेको छ । कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका केहि यसका सहायक नदीमा बहाव बढ्दो क्रममा छ तर सबैमासतर्कता तह भन्दा तलै छ।

बाढी पूर्वानुमान(Flood Forecast)

पूर्वानुमान आज: : श्रावण-६ (मंगलबार)( विहान ७ बजे  देखि २४ घण्टा)

  • आजनारायणीमा बहाव उच्च हुने तथाखतरा तह भन्दा माथि हुने ।कोशीमापनि बहाव उच्च हुने रखतरा तह आसपास हुने पूर्वानुमान छ ।कर्णाली र महाकाली बहाव बढ्ने तर सतर्कता तह भन्दा तलै हुने पूर्वानुमान छ ।
  • आज कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई, लगायतमा पनि बहाव उल्लेख्य बढ्ने र सतर्कता आसपास हुने।कन्काई,कमला,बागमती,पश्चिम राप्तीका केहि सहायक नदीमाआकस्मिक बहाव (Flash Flood)भईखतरा आसपास पुग्न सक्ने।पुर्वी राप्ती, तिनाउ, रिउखोला लगायतमा बहाव खतरा तह आसपास हुने ।
  • आज विरिङ, निन्दा, बक्राहा, लोहन्द्रा, चिसाङखोला, सिंघिया खोलाबुढीखोला, त्रियुगा, माउली, गगान, खाडो, रातो, चुरियाखोला, लालबकैया, बाणगंगा, लगायत प्रदेश १, २,५,गण्डकीर सुदूरपश्चिम प्रदेशकोचुरे र तराईबाट बहने प्राय सबै नदीमा बहाव बढ्ने र सतर्कता आसपास हुने, केहिमा खतरा पुग्न सक्ने ।
  • आज पाँचथर,ईलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सप्तरी, सिराहा, धनुषा लगायतप्रदेश २ को सबै जिल्लाहरु,सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक,नुवाकोट, काठमाण्डौ उपत्यका, गोरखा, धादिङ, लम्जुङ, तनहूँ,स्याङ्जा, पर्वत, कास्की, म्याग्दी, बागलुङ ,चितवन, नवलपरासी, गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा,प्यूठान, रूकुम,रूपन्देही, कपिलबस्तु,दाङ, बाँके,बर्दिया, सर्खेत,दैलेख,जाजरकोट,कैलाली,कञ्चनपुर,डडेलधुरा,डोटीभई बहने साना नदीमा आकस्मिक बहावको संभावना रहेको छ ।

पूर्वानुमानभोलि: श्रावण-७ (बुधबार)( विहान ७ बजे  देखि २४ घण्टा)

  • भोलि कोशी र नारायणीमा बहाव घट्दो क्रममा हुने तर सतर्कता तह आसपास नै रहने ।कर्णाली र महाकाली नदीमा पनि बहाव बढ्नेर सतर्कता  तह भन्दा केहिमात्र तल हुने पूर्वानुमान छ ।
  • भोलि कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई, तिनाउ लगायतमा पनि बहाव बढ्ने र सतर्कता आसपास हुने पूर्वानुमान छ ।कन्काई,कमला,बागमती,तिनाउ,पश्चिम राप्ती, तिनाउका केहि नदीमाआकस्मिक बहाव (Flash Flood)भईखतरा आसपास हुने पुर्वानुमान छ ।
  • भोलिप्रदेश १, २ बागमती र गण्डकी प्रदेशकोमध्यपहाडी, चुरे र तराईबाट बहनेस-साना नदीहरूमा बहावबढ्ने र सतर्कता आसपास हुने ।प्रदेश १ र २ को मध्यपहाडी, चुरे र तराईबाट बहने केहिस-साना नदीमा बहावखतरा तहआसपास पुग्न सक्ने पूर्वानुमान छ।

पूर्वानुमानपर्सी: श्रावण-८ (बिहिबार)( विहान ७ बजे  देखि २४ घण्टा)

  • पर्सी कोशी र नारायणीमा बहावसामान्य घटबढ हुनेतरसतर्कता आसपास नै हुने पूर्वानुमान छ ।कर्णाली र महाकाली नदीमा बहाव बढ्ने तरसतर्कता भन्दा तलै हुने पूर्वानुमान छ ।
  • पर्सीकन्काई, कमला,बागमती र यसका सहायक नदीमा बहाव बढ्ने र सतर्कता आसपास हुने ।कन्काई, कमला बागमतीको सहायक नदीमा बहाव खतरा आसपास सम्म पुग्न सक्ने ।पश्चिम राप्ती र बबईका सहायक नदीमा बहाव घट्ने तथा  सतर्कता तह भन्दा तलै हुने ।
  • पर्सीप्रदेश१,२ र बागमतीकोमध्यपहाडी,तराई र चुरेको भु-भाग भई बहनेस-साना नदीहरूमा बहाव बढ्ने र सतर्कता आसपास हुने ।तर प्रदेश २ र बागमती प्रदेशको केहि स-साना नदीमा बहावखतरातह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान छ ।­प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने साना नदीमा पनि बहाव केहि बढ्ने तर सतर्कता तह पार गर्ने न्यून संभावना ।

सरोकारवालाका लागिपरामर्श (Advisory):­­

    • आज कोशी, नारायणी, पुर्वी राप्ती, तिनाउ लगायतमा बहाव खतरा तह माथि हुने पुर्वानुमान रहेकाले नदीतटिय क्षेत्रका कार्यहरू नगर्न वा उच्च सतर्कता अपनाउनहुन अनुरोध छ ।भोली र पर्सी प्रमूख र मझौला नदीहरू कन्काई, कोशी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव सतर्कता आसपास हुने भएकाले तटियक्षेत्रमा उच्च सतर्कता अपनाईराखौ ।
    • आज पाँचथर, ईलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सप्तरी, सिराहा, धनुषा लगायत प्रदेश २ को सबै जिल्लाहरु,सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, नुवाकोट, काठमाण्डौ उपत्यका, गोरखा, धादिङ, लम्जुङ, तनहूँ,स्याङ्जा, पर्वत, कास्की, म्याग्दी, बागलुङ ,चितवन, नवलपरासी, गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा,प्यूठान, रूकुम,रूपन्देही, कपिलबस्तु,दाङ, बाँके,बर्दिया, सर्खेत,दैलेख,जाजरकोट,कैलाली,कञ्चनपुर,डडेलधुरा,डोटी भई बहने साना नदीमा आकस्मिक बहावको संभावना रहेको छ ।रहेकोलेतटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔ ।
    • आगामी ३ दिन प्रदेश १,२, बागमती, गण्डकी र प्रदेश ५ भई बहने स-साना नदीमा पनि बाढीको उच्च जोखिम रहेकाले तटिय क्षेत्रका कार्य नगर्न वा उच्च सतर्कता अपनाऔ ।

 

वि.सं.२०७७ साउन ६ मंगलवार ०८:२७ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...