back
CTIZAN AD

जबरजस्ती करणी गरेको अभियोगमा ३ व्यक्ति पक्राउ

वि.सं.२०७७ साउन ७ बुधवार

765 

shares

पीडित किशोरीले जबरजस्ती करणी गरेको कुरा कोही कसैलाई भन्न नसकी चुपचाप बसेकोमा उनी गर्भवती भई २०७६ माघ २६ गते बालकलाई जन्म दिए पश्चात् महानगरीय प्रहरी वृत्त ठिमीमा २०७७ असार १४ गते जबरजस्ती करणी मुद्धामा जाहेरी दरखास्त दिएकोमा खोजी गर्ने क्रममा भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

७ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालयले जबरजस्ती करणी गरेको अभियोगमा ३ व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ ।

जसअनुसार ओखलढुंगा : चार वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा सुनकोशी गाउँपालिका- ९ कटुन्जे बस्ने १३ वर्षीय बालकलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। ती बालिकालाई गत असार ३१ गते घरमा कोही नभएको अवस्थामा कार्कीले घरभित्र लगेर फकाई जबरजस्ती करणी गरेको भन्ने खबरका आधारमा ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै भक्तपुर: १७ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा रामेछाप खाँडादेवी गाउँपालिका- ९ बस्ने सुरेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई २०७६ जेठ २७ गते मध्यपुर ठिमी नगरपालिका-४ मध्यपुर अस्पताल अगाडी मासु पसल संचालन गर्ने राजेश भण्डारी नाम बताउने व्यक्तिले पत्रिकाको ग्राहक बनिदिन्छु पैसा कोठामा छ भन्दै फकाई सूर्यविनायक नगरपालिका-४ स्थित डेरामा लगेर जबरजस्ती करणी गरी कोही कसैलाई भने मारी दिन्छु भनेर धाकधम्की दिएको खुल्न आएको प्रहरीले जनाएको छ । साथै पीडित किशोरीले जबरजस्ती करणी गरेको कुरा कोही कसैलाई भन्न नसकी चुपचाप बसेकोमा उनी गर्भवती भई २०७६ माघ २६ गते बालकलाई जन्म दिए पश्चात् महानगरीय प्रहरी वृत्त ठिमीमा २०७७ असार १४ गते जबरजस्ती करणी मुद्धामा जाहेरी दरखास्त दिएकोमा खोजी गर्ने क्रममा भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

ओखलढुंगा: सिद्धिचरण नगरपालिका-४ बस्ने दुर्गा बहादुर परियारलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-११ गैरीगाउँमा ती बालिकालाई आफ्नो घरमा एक्लै सुतेको अवस्थामा गत जेठ २४ गते जबरजस्ती करणी गरेको कारण गर्भवती समेत भएको भन्ने खबरका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७७ साउन ७ बुधवार १८:१९ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...