७ साउन, काठमाण्डौं । नेपालमा बुधबार ( ७ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख २७ हजार ६१४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा देशैभरी रहेका २८ वटा प्रयोगशालाबाट पिसीआर प्रविधिबाट ३,७७९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५,३६८ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या २० हजार ८४२ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।
आज थपिएका १०० जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ भने आज २०७ जना निको भएर डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १२ हजार ६८४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज २ जनाको मृत्यु भएको पुष्टि भएसँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।
नेपालमा आज १०० जनामा कोरोना संक्रमण
नेपालमा आज १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी सप्तरीमा १८ र दैलेखमा १६ जना संक्रमित भेटिएका छन् ।
मन्त्रालयका अनुसार डोटीमा ७, लम्जुङमा ७, पर्सामा ६, कालिकोटमा ६, धनुषामा ५, सुनसरीमा ४ मोरङमा ३, ताप्लेजुङमा ३, बारामा ३, बाग्लुङमा ३, स्याङजामा ३, काठमाण्डौमां ३, बाँकेमा ३, सर्लाही, बर्दिया र सल्यानमा २÷२ जना तथा चितवन, सर्लाही, बझाङ र झापामा १÷१ जना गरी आज जम्मा १०० जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा आज १०० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार नाघ्यो
आज थपिएका १०० जनासँगै नेपालमा हालसम्म १८ हजार ९४ जना संक्रमित भएका छन् । जसमा १२ हजार ६८४ जना निको भएर घर फर्किएसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ३७० रहेको छ । उनीहरुको देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ ।
आज २०७ जनाले कोरोना जितेर घर फर्किए
नेपालमा आज (बुधबार) २०७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत २०७ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज २०७ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १२ हजार ६८४ पुग्यो
आज २०७ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १२ हजार ६८४ पुगेको छ ।
नेपालमा आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु
नेपालमा आज २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयका अनुसार आज ( साउन ७ गते, बुधबार) मृत्यु भएको पुष्टि भएकामा धनुषाका १ र १ चिनियाँ नागरिकको उपचारका क्रममा मृत्यु भएको हो ।
आज धनुषा उपमहानगरपालिका ६० वर्षीय पुरुषको मृत्यु भएको हो । खोकी, उच्च ज्वरो र स्वाश प्रश्वासमा समस्या भएपछि साउन २ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरि भेन्टिलेरमा राखि सघन उपचार गरिएको थियो । उनको साउन ६ गते मृत्यु भएको हो । उनमा गरिएको नमुना परीक्षणमा कोभिड–१९ पुष्टि भएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु, मृतकको संख्या ४२ पुग्यो
त्यसैगरी ४९ वर्षीया चिनियाँ महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । पोखरामा कार्यरत उनी मणिपाल अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । त्यहाँबाट थप उपचारका लागि साउन २ गते हेलिकप्टरबाट ग्रान्डि अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा कोरोना परक्षिणका लागि गरिएको नुमना संकलनमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
ग्रान्डिबाट थप उपचारका लागि टिचिङ अस्पताल महाराजगन्जमा ल्याइएकी उनको उपचारका क्रममा साउन ७ गते उनको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । आज थप २ जनाको मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।
नेपालमा हालसम्मको कोरोना अपडेटः झण्डै १८ हजार संक्रमित, १२,४७७ जना डिस्चार्ज, ४० जनाको मृत्यु
वि.सं.२०७७ साउन ७ बुधवार १८:३१ मा प्रकाशित






























