back
CTIZAN AD

नेपालमा आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु, मृतकको संख्या ४२ पुग्यो

वि.सं.२०७७ साउन ७ बुधवार

813 

shares

७ साउन, काठमाडौँ । नेपालमा आज २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि भएकामा धनुषाका १ र १ चिनियाँ नागरिकको उपचारका क्रममा मृत्यु भएको हो ।

आज धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका ६० वर्षीय पुरुषको मृत्यु भएको हो । खोकी, उच्च ज्वरो र स्वाश प्रश्वासमा समस्या भएपछि साउन २ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरि भेन्टिलेरमा राखि सघन उपचार गरिएको थियो । उनको साउन ६ गते मृत्यु भएको हो । उनमा गरिएको नमुना परीक्षणमा कोभिड–१९ पुष्टि भएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी ४९ वर्षीया चिनियाँ महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । पोखरामा कार्यरत उनी मणिपाल अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । त्यहाँबाट थप उपचारका लागि साउन २ गते हेलिकप्टरबाट ग्रान्डि अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा कोरोना परक्षिणका लागि गरिएको नुमना संकलनमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ग्रान्डिबाट थप उपचारका लागि टिचिङ अस्पताल महाराजगन्जमा ल्याइएकी उनको उपचारका क्रममा साउन ७ गते उनको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । आज थप २ जनाको मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

नेपालमा आज कोरोना संक्रमणबाट १ को मृत्यु, मृतकको संख्या ४० पुग्यो

वि.सं.२०७७ साउन ७ बुधवार १७:१० मा प्रकाशित

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...