back
CTIZAN AD

अनाधिकृत प्रेस विज्ञप्तिको नेपाल उद्योग वाणिज्य महासंघद्वारा खण्डन

वि.सं.२०७७ साउन ७ बुधवार

921 

shares

७ साउन, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसिसिआइ)ले असम्बन्धित व्यक्तिबाट अनाधिकृत रूपमा प्रेस विज्ञप्ति भएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

एफएनसिसिआइले प्रेस विज्ञप्ति निकाल्दै मोनीका अधिकारीको नामबाट २१ जुन २०२० तदनुरुप २०७७ असार ६ गते बेलुका ९ः४३ मा महासंघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचनका सम्बन्धमा महासंघका वरिष्ठ उपाध्यक्षले गर्नुभएको ट्वीटको हवाला दिनुका साथै अन्य २ जना उपाध्यक्ष क्रमशः किशोर कुमार प्रधान र चन्द्र प्रसाद ढकालका उम्मेद्वारीका वारेमा प्रकाशित बिषयबस्तु एवं ५४ औं वार्षिक साधारण सभाको तयारीको बिषयमा उल्लेखित उक्त प्रेस विज्ञप्तिप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

उक्त विज्ञप्ति महासंघसंग सम्बन्धित नभएका असम्बन्धित व्यक्तिबाट अनाधिकृत रूपमा जारी गरिएको पाईएको र यो पत्रकारिताको सामान्य सिद्धान्तको विपरित मात्र नभई सर्वस्विकृत आचारसंहिताको गम्भीर उल्लंघन समेत भएको विज्ञप्तिमा उल्लेख छ । भनिएको छ ‘महासंघ यस्ता सबै प्रकारका आधारहीन प्रेस विज्ञप्ति प्रकाशित गर्ने व्यक्तिको कार्य तथा प्रवृत्ति दुवैको निन्दा एवं भत्सर्ना गर्दछ ।’

महासंघले सम्पन्न गर्ने ५४ औं वार्षिक साधारण सभा र निर्वाचनको बारेमा दिइने सूचना तथा जानकारीका अधिकारिक स्रोत महासंघको सचिवालय हो भन्ने कुरालाई पूर्ण रूपमा वेवास्ता गरी यस प्रकारका प्रेस विज्ञप्ति प्रकाशित गर्ने/गराउने कार्यले गलत सूचना प्रवाह गर्ने मात्र नभई नेपाल उद्योग वाणिज्य महासंघ जस्तो निजी क्षेत्रको प्रतिष्ठित संस्थाको संस्थागत मर्यादामा समेत चोट पुयाउनुका साथै सम्बन्धित सबै सदस्यहरू बीच भ्रम पैदा गरेको बताइएको छ ।

महासंघले वार्षिक साधारण सभा आयोजनाका लागि नेपाल सरकारबाट स्वीकृति लिने प्रक्रिया अघि बढाएको र सरकारबाट तदनुरुपको निर्देशन प्राप्त हुनासाथ वार्षिक साधारण सभा सम्पन्न गर्ने तयारीमा रहेको स्पष्ट पारिएको छ ।

यस्ता अनधिकृत एवं भ्रमपूर्ण कपोलकल्पित विज्ञप्तिको उल्लेखित बिषयमा कुनै सत्यता नरहेको भन्दै महासंघले सो भ्रामक समाचारका पछि नपर्न सम्बन्धित सबैमा अपिल गरेको छ ।

साथै विज्ञप्तिमा यसरी भ्रमपूर्ण प्रेस विज्ञप्ति जारी गर्ने व्यक्ति मोनीका अधिकारीलाई कारवाही गर्न सम्बन्धित निकायलाई महासंघले अनुरोधसमेत गरेको छ ।

वि.सं.२०७७ साउन ७ बुधवार १७:३८ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...