back
CTIZAN AD

राष्ट्र बैंकले ‘राम–लक्ष्मण’को चित्र अंकित नयाँ नोट ल्याउँदै

वि.सं.२०७७ साउन ७ बुधवार

906 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती ‘राम लक्ष्मण’को चित्र भएको रु १००० को नयाँ नोट निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत नयाँ नोट निष्कासन गर्ने जनाएको हो ।

नोटमा साबिकको हात्तीको तस्बीरभन्दा नयाँ हात्तीको तस्बीर राख्न लागिएको हो । बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तीको फोटो हुनेछ ।’

यही साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ । नयाँ नोटमा राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ ।

वि.सं.२०७७ साउन ७ बुधवार १७:०७ मा प्रकाशित

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२, फलबाङमा पहिरोले घर पुरिँदा तीन...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...