back
CTIZAN AD

नेपालमा आज १०० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार नाघ्यो

वि.सं.२०७७ साउन ७ बुधवार

807 

shares

७ साउन काठमाण्डौं । नेपालमा आज १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी सप्तरीमा १८ र दैलेखमा १६ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका ४ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १, ताप्लेजुङका ३ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका १८ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ५ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बाराका ३ र पर्साका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाण्डौंका २, सर्लाहीका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाण्डौंका १ जना, भतरपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका १ जना र वीर अस्पताल काठमाण्डौंमा सर्लाहीका १ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा लम्जुङका ७, स्याङजाका ३ र बाग्लुङका ३ जना, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका ३, बर्दियाका २ र सल्यानका २ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका ६ जना, दैलेख प्रयोगशालमा गरिएको परीक्षणमा दैलेखका १६ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका १ र डोटीका ७ जना गरी आज जम्मा १०० जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका १०० जनासँगै नेपालमा हालसम्म १८ हजार ९४ जना संक्रमित भएका छन् । जसमा १२ हजार ६८४ जना निको भएर घर फर्किएसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ३७० रहेको छ । उनीहरुको देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ ।

आज काठमाडौंका ८ सहित १५० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या झण्डै १८ हजार

 

वि.सं.२०७७ साउन ७ बुधवार १६:३८ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...