back
CTIZAN AD

आज काठमाडौंका ८ सहित १५० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या झण्डै १८ हजार

वि.सं.२०७७ साउन ६ मंगलवार

780 

shares

६ साउन काठमाण्डौं । नेपालमा आज १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी धनुषामा २९ जना, कन्चनपुरमा २० जना र महोत्तरीमा १३ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका २, सर्लाहीका १, उदयपुरका ८ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका २, सप्तरीका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २९ जना, महोत्तरीका १३ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा पर्साका २ जनामा संक्रमण पुष्टि भएको छ ।

भतरपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका ४ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा मकवानपुरका ५ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा काभ्रेका १ र रामेछापका २ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा सर्लाहीका १ जनामा संक्रमण पुष्टि भएको छ ।

टिचिङ अस्पताल महाराजगन्जमा गएिको परीक्षणमा काठमाण्डौंका ८ जना, नुवाकोट, चितवन, कैलाली, महोत्तरी र सर्लाहीका १÷१ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोर्खाका ३ जना, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा म्याग्दीका ३, स्याङजाका ३ र बाग्लुङका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा नवलपरासीका १ जना, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका ३, दाङका ३ जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १, सल्यानका १ जना, दैलेख प्रयोगशालमा गरिएको परीक्षणमा दैलेखका ९ जनामा संक्रमण पुष्टि भएको छ ।

चौरजहारी नगरपालिका रुकुमपश्चिमको प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका १ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डोटीका ४ जना, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलालीका ३, बझाङका ४ र कन्चनपुरका २० जना गरी १५० जनामा संक्रमण पुष्टि भएको छ ।
आज थपिएका १५० जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या १७ हजार ९९४ पुगेको छ ।

नेपालमा आज १८६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,८४४ पुग्यो

वि.सं.२०७७ साउन ६ मंगलवार १६:४१ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...