
५ साउन काठमाण्डौं । नेपालमा आज १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (सोमबार) सबैभन्दा बढी बारामा ४६ जना, डोटीमा ४० जना र सर्लाहीमा २३ जनामा संक्रमित भेटिएका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका २ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका १, सुनसरीका ४, इलामका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका १, झापाका २ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका १, सप्तरीका ९ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा पर्साका ४ र बाराका ४६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाण्डौंका २ जना, सर्लाहीका २३ र सोलुखुम्बुका ४ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका १ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ८ जना, लम्जुङका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँका २, स्याङजाका १ जनामा संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका २, रोल्पाका ४ जना, सल्यानका २, रुकुमपुर्वका ७ र दाङका ५ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा दाङका १ जना, दैलेख प्रयोगशालमा गरिएको परीक्षणमा दैलेखका १ जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १ जना, सल्यानका १, सुर्खेतका ४, हुम्ला र कालिकोटका १÷१ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डोटीका ४० जना र सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलालीका १ जना गरी जम्मा १८६ पुगेको छ ।
आज थपिएका १८६ जनासँगै नेपालमा हालसम्म कूल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । जसमा ११ हजार ८६८ जना निको भएर घर फर्किएका छन् ।
नेपालमा आज १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,६५८ पुग्यो