back
CTIZAN AD

नेपाल आईडलकी स्वस्तिका ढकालको पहिलो गीत आउँदै

वि.सं.२०७७ साउन ५ सोमवार

756 

shares

नेपाल आईडलबाट चर्चामा आएकी स्वस्तिका ढकालको पहिलो अफिसियल गीत ‘कस्ले भन्यो तिमीलाई’ यही श्रावण १२ गते सार्वजनिक हुँदैछ ।

चर्चित गीतकार, साहित्यकार तथा सञ्चारकर्मी अमृता नेपालको शब्द र चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीतमा गीत तयार भएको छ । गीतलाई रिदम कँडेलले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा स्वस्तिकाकै फिचरिङ गरिएको छ । अनिश आयु बाबाको छायाँकनमा तयार भएको म्यूजिक भिडियोलाई स्वस्तिका आँफैले नै निर्देशन गरेकी छिन् । भिडियोको सम्पादन सुशिल र सेशाले गरेका छन् ।

मकवानपुरको हेटौँडा ८ कमाने निवासी स्वस्तिका नेपाल आईडल सिजन ३ मा मेलोडियस प्रस्तुति दिएर सर्वाधिक चर्चामा आएकी हुन् । २३ वर्षीया स्वस्तिकाले सानैमा विद्यालयमा अध्ययन गर्दाको समयदेखि नै साँगितिक क्षेत्रमा आफूलाई अगाडि बढाएकी थिईन् । संगितको औपचारिक शिक्षा नलिएता पनि उनले सानैमा सिकेको बालगीतसँगै उनको संगीतको यात्रा अघि बढेको थियो । स्वस्तिका संगीतलाई पिडा भुलाउने थेरापीका रुपमा परिभाषित गर्छिन् । उनी केही वर्ष यता स्वदेशका विभिन्न सांगितिक कार्यक्रमहरुमा पनि व्यस्त भइरहेकी छिन् । उनले विभिन्न सांगितिक प्रतियोगिताहरुमा सहभागी भएर सफलता समेत हात पारेकी छिन् ।

गीतको म्यूजिक भिडियोको लागि Expert Education and Visa Services ले स्पोन्सर गरेको छ ।

लुम्बिनी कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) विस्व सल्लाहकार रामकुमार श्रेष्ठले टेलिफोन कुराकानी मार्फत स्वस्तिकालाई पहिलो आधिकारिक गीतको लागि हार्दिक बधाई दिंदै नेपाली सांगितिक दुनियाँँमा आगामी दिनमा उल्लेख्य योगदान पुर्याउन सफलता मिलोस भन्ने शुभकामना दिएका छन ।

वि.सं.२०७७ साउन ५ सोमवार १६:२५ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...