५ साउन, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी हवल्दार पदमा बढुवा तथा पदस्थापन सम्बन्धमा लैनचौरस्थित राष्ट्रिय किताबखानालाई जानकारी गराउँदै पत्र पठाएको छ ।
प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विभाग कर्मचारी प्रशासन शाखाले साउन ४ गतेको निर्णयानुसारको जानकारी पठाउँदै किताबखानालाई पत्र पठाएको हो ।
पत्रमा प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ्ग उपसमूह अन्तर्गत संचार तर्फको प्रहरी जवान पदबाट हवल्दार पदमा बढुवा भएका ५१ जनाको नामावली पठाइएको छ ।
निम्न प्राविधिक प्रहरी हवल्दारहरुलाई प्रचलित नियमानुसार तलब भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट खान पाउने गरी पदस्थापन गरिएको अभिलेखमा उल्लेख गरी सोको व्यहोरो अवगत गराई आवश्यक कारवाही गर्न गराउन भनिएको छ ।
बढुवा भएका निम्न प्राविधिक प्रहरी हवल्दारहरुलाई दज्र्यानी चिन्हद्वारा सुशोभन गरी निजलाई पदस्थापन गरिएको दरबन्दीमा ७ दिनभित्र खटाइ पठाउन प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका सबै विभाग, निर्देशनालय ब्यूरो महाशाखा, शाखा, महाप्रहरी प्रहरी कार्यालय रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी इकाई कार्यालयसबै, महानगरीय प्रहरी परिसर सबै जिल्ला प्रहरी कार्यालय सबै र कर्मचारी संचय कोष प्रहरी शाखालाई बोधार्थ पठाइएको छ ।
पत्रमा जानकारी गराइएको ५१ जनाको सूचि यस्तो छ :