काठमाडौं । जलविज्ञान तथा मौसम विभागले उच्च बहाव देखिएका उपत्यकाका नदि क्षेत्रमा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ । विभागले सोमबार दिउसो एक सूचना सार्वजनिक गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
विभागले उपत्यकाका विष्णुमती, मनोहरा, हुनमन्तेलगायतका नदि तथा नालाहरुमा पानीको बहाव उच्च रहेको जनाएको छ । वर्षा निरन्तर भईरहेको कारण उक्त क्षेत्रमा पानीको बहाव अझै बढ्न सक्ने विभागको अनुमान छ ।
श्रावन ५, दिउसो २:४० बजे#अलर्ट
पछिल्लो ६घण्टा का.#उपत्यकाको धेरै स्थानमा #मध्ययम बर्षा मापन#बिण्णुमती,#मनोहारा,#हुनमन्ते,नख्खु लगायतमा बहाव #सतर्कता आसपास पुगेको छ,नदी/नालाको पानी किनारको सडकसम्म आउनसक्छ,उच्च सतर्कता अपनाऔ
चित्र १,२:मनोहराबालकुमारी,विण्णुमतीगंगबुको जलसतह pic.twitter.com/zXqtG2ei4a— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 20, 2020
निरन्तर वर्षा भईरहेको कारण नालाहरुमा पनि पानीको मात्रा अत्याधिक देखिएको विभागले जनाएको छ ।
उपत्यकालगायतका आसपासका क्षेत्रमा विगत ६ घण्टादेखि भारी वर्षा भईरहेको छ । भारी वर्षासँगै उपत्यकाका नदिहरुमा पानीको बहाव उच्च देखिएको छ ।
वि.सं.२०७७ साउन ५ सोमवार १५:५७ मा प्रकाशित






























