back
CTIZAN AD

नेपालमा आज १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,६५८ पुग्यो

वि.सं.२०७७ साउन ४ आइतवार

768 

shares

४ साउन काठमाण्डौं । नेपालमा आज १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी सप्तरीमा ३२, सर्लाहीमा २५ जना, कैलालीमा २४, बर्दियामा १० र नवलपरासीमा १० जनासंक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका १ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका ३२ र सिरहाका १ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा पर्साका ७, बाराका १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सर्लाहीका २३ जना, शुक्रराज छ«पिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाण्डौंका १, ललितपुरका २, मोरङका १ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा सर्लाहीका २, रौतहटका २ र मकवानपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ६ र लम्जुङका ६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लङका १, म्याग्दीका ६, स्याङजाका २, पर्वतका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देशीका २ र प्युठानका १ जनामा जनामा संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका ५, बर्दियाका १०, दाङका ५ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा नवलपरासीका १० जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका १ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका २ जना, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलालीका २४ जनागरी जम्मा १५६ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका १५६ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ६५८ पुगेको छ ।

नेपालमा घट्दैछ कोरोना संक्रमितको संख्या आज जम्मा ५७ जनामा संक्रमण भएको पुष्टि

वि.सं.२०७७ साउन ४ आइतवार १६:४४ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...