back
CTIZAN AD

आफ्नै भान्जाको अपहरणपश्चात हत्या गर्ने मामा १३ बर्षपछी पक्राउ

वि.सं.२०७७ साउन ४ आइतवार

864 

shares

४ साउन, काठमाडौँ । आफ्नै भान्जाको अपहरणपश्चात हत्या गरेको आरोप लागेका फरार सहोदर मामा १३ वर्षपछि पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले फरार अभियुक्त राजेश कुमार गुप्तालाई साउन ३ गते सर्लाहीको मलंगवा ८, गोरखकालीबाट पक्राउ  गरेको हो।

भारत बिहार राज्य सितामणी जिल्ला मुझफरपुर स्थायी घर भई काठमाडौँ खिचापोखरी बस्ने, वर्ष ११ का रोहित गुप्ताको अपहरण पश्चात २०६४/०६/२७ गते हत्या भएको थियो ।

अनुसन्धानमा सो अपहरण तथा हत्यामा योजनाकार निजकै सहोदर मामा राजेश कुमार गुप्ताको हात रहेको भन्दै प्रहरीले फरार अभियुक्तका रुपमा खोजि गरिरहेको थियो ।

राई स्कुल जोरपाटीमा कक्षा ७ मा अध्ययनरत रोहित गुप्ताको २०६४/६/२४ गते घरबाट बाहिर निस्केकोमा समयमा अपहरणमा परेका थिए । अपहरणपछि अपरिचित व्यक्तिले टेलिफोन गरी निजको बाबु बासुदेब गुप्तासँग छोरा अपहरणमा परेकोले रू.२,५०,००० (दुई लाख पचास हजार) फिरौती रकम दिएमा मात्र छोरा छाड्ने जानकारी गराएको तर फिरौती रकम प्राप्त भएपश्चात पनि बालक अपहरण मुक्त नभएको र खोजतलासका क्रममा मिति २०६४/०६/२७ गते कमलादीस्थित गणेश मन्दिर नजिक सडक पेटिमा प्लास्टिकको बोरामा पोको पारी फालिएको अवस्थामा लास फेला परेको प्रहरीले जनाएको छ ।

अपहरणकारी गुप्ताले धादिङ घर भएको विष्णु सुनारको सहयोगमा जादु सिकाउने बाहानामा बोलाई उक्त गोप्य कोठामा लगी दुबै हात पछाडी लगी माईला भन्ने बिष्णु सुनारले नाइलनको डोरिले घाँटिमा बाँधी कस्दा रोहित गुप्ता चिच्याउन लाग्दा राजेश गुप्ताले रुमालले मुख थुनी दुबै जनाले घुँडा समेतले थिचेर बालक रोहितको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

घटना पश्चात मृतकको वुवा बासुदेव गुप्तालाई समेत झुक्यानमा पारी राजेश गुप्ता निजसँगै बसी प्रहरी कार्यालयमा गई केही समय सम्म खोजतलाश गरेको बहाना समेत गरी तत् पश्चात फरार रहेका थिए ।

घटनामा संलग्न बिष्णु सुनार मिति २०६४/०८/१२ गते पक्राउ परी हाल कारागारमा रहेको छन् ।

वि.सं.२०७७ साउन ४ आइतवार १६:२६ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...