back
CTIZAN AD

शनिबार छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु

वि.सं.२०७७ साउन ४ आइतवार

624 

shares

४ साउन, काठमाडौं । शनिबार देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले सो जानकारी दिएको हो ।

काठमाडौं : महानगरपालिका-४ सुकेधारास्थित सडकमा बा.७४ प ६८६१ नम्बरको मोटरसाइकल र प्रदेश नम्बर ३-०२-००३ प ४१५० नम्बरको स्कुटर एक आपसमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदामोटरसाइकल चालक सुर्खेत बीरेन्द्रनगर नगरपालिका-१२ घर भएका ३० वर्षीय प्रेमराज पौडेलको मृत्यु भएको छ । मोटरसाइकल र स्कुटर ठोक्किँदा मोटरसाइकल चालक पौडेल उछिट्टिएरअर्को गाडीमा ठोक्किएर गम्भीर घाइते भएकोमा ओम अस्पताल चावहिलमा उपचारको क्रममा उनको मृत्यु भएको हो । तीनवटै सवारी साधन र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्युठान : स्वर्गद्वारी नगरपालिका-३ रुमालेस्थित सडकमा स्वर्गद्वारी धरमपानीबाट भिंगृतर्फ जाँदै गरेको लु.२ त ४२३४ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर गएराति दुर्घटना हुँदा ट्याक्टर चालक रोल्पा त्रिवेणी गाउँपालिका घर भएका २५ वर्षीय कमल कुँवर लगायत ट्याक्टरमा सवार ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सप्तरी : हनुमाननगरकंकालनी नगरपालिका- १ कंकालनी मन्दिरस्थित सडकमा स.१ प २९४८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सुनसरी कप्तानगंज गाउँपालिका-२ बस्ने ६५ वर्षीया वुधनी देवी रामको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर :  भिमफेदीगाउँपालिका-१ खोप्लाङस्थित सडकमा ना.६२ प ९७१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक हेटौंडा उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय दिपेश पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमाउपचारको क्रममा मृत्यु भएको हो ।

अर्घाखाँची :  सितगंगा नगरपालिका-३ ठाँडा रिपाहास्थित सडकमा काठमाडौंबाट सन्धिखर्कतर्फ जाँदै गरेको बा.१५ च २७०६ नम्बरको स्कारपिओ गाडी सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा गाडीमा सवार पाल्पा रैनादेवी गाउँपालिका-८ बस्ने ३८ वर्षीय पाण्डव छहारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य चौकी ठाडामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीका चालक काभ्रे पाँचखाल नगरपालिका-१३ बस्ने २३ वर्षीय लिला तामाङको सोही स्वास्थ्य चौकी हुँदै थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवलतर्फ पठाइएको छ ।

झापा : कमल गाउँपालिका- ३ केर्खास्थित सडकमा मे.१० प ९८२६ नम्बरको मोटरसाइकले सडकमा उभिएको राँगालाई ठक्कर दिई शनिबार राति दुर्घटना हुँदा चालक झापा गाउँपालिका-६ शरणामती बस्ने २७ वर्षीय प्रदिप लम्सालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको छ ।  दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार झापा गाउँपालिका- ६ बस्ने २६ वर्षीय धर्मेन्द्र सुवेदीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

वि.सं.२०७७ साउन ४ आइतवार १६:४८ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...