back
CTIZAN AD

ट्रम्पका पूर्व मुख्य रणनीतिकारको खुलासा : चीनको विरुद्व अमेरिका युद्धको अन्तिम तयारी गर्दैछ

वि.सं.२०७७ साउन ६ मंगलवार

828 

shares

काठमाडौं । अमेरिका चीनसँग युद्ध लड्न अन्तिम तयारी गरिरहेको कुरा खुलासा भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व मुख्य रणनीतिकार स्टीव बैननले युद्धको तयारी बारेको खुलासा गरेका हुन् । विश्वमै चीनको डरलाग्दो उपस्थिति रोक्नु पर्ने निष्कर्षमा ट्रम्प सरकार पुगेको बैननको खुलासा छ ।

ट्रम्प सरकारले यसअघि नै विभिन्न बाहानामा चीनसँगको सम्बन्ध तोड्दै आएको थियो । अमेरिकाले निरन्तर चीनलाई घेराबन्दी गर्न विभिन्न अस्त्रसमेतकाे प्रयोग गर्दै आएको छ ।

स्टीव बैननको भनाईअनुसार अमेरिकाले चीनलाई एक्लाउनको निमित्त युरोपेली देशसहित भारत, अष्ट्रेलिया, जापान र दक्षिण कोरियासहितको गठबन्धन बनाउँदै छ । हालै मात्र भारत–चीन द्वन्दमा अमेरिकाले भारतलाई साथ दिँदै अंडमान क्षेत्रमा युद्धाभ्याससमेत गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व मुख्य रणनीतिकार स्टीव बैनन दायाँ ।

चीनकै छिमेकी राष्ट्रसँग सहकार्य गर्दै अमेरिका

अमेरिकाले चीनसँगको युद्धको लागि एशियाली देशलाई नै मुख्य सहयोगी देशको रुपमा लिएको छ । जसको लागि अमेरिकाले भित्रि गठबन्धनसमेत बनाएको कुरा बाहिर आएको छ । चीनसँग युद्ध लड्न अमेरिकाले चीनकै छिमेकी देशहरु भारत, जापान र दक्षिण कोरियालाई समेत प्रयोग गर्ने रणनीति अघि सारेको कुरा उल्लेख छ ।

अमेरिकाले एशियाली देशमध्ये भारतलाई मुख्य सहयोगीका रुपमा अघि सारेको छ । अमेरिकाले केहि दिनदेखि भारतीय नौसेनासँग हिन्द महासागर क्षेत्रमा युद्धाभ्याससमेत गरिरहेकाे कुरा अन्तराष्ट्रिय सञ्चार माध्यमले सार्वजनिक गरेका छन् ।

हिन्द महासागरमा अमेरिकी नौसेनाको युद्धपोत ।

भारतलाई ठुलो अस्त्र दिँदै अमेरिका

अमेरिकाले भारतलाई अत्यन्तै महत्वपूर्णं शैन्य सामाग्रीसमेत हस्तान्तरण गरेको छ । अमेरिकाको सबैभन्दा ठूलो युद्धपोतमध्येको एक निमिट्ज क्लासको एयरक्राफ्ट भारतीय नौसेनालाई प्रयोग गर्न अमेरिकाले दिएको भारतीय सञ्चार माध्यमले खुलाएका छन् ।

भारतीय सञ्चार माध्यमकाे रिपाेर्टअनुसार चीनलाई घेराबन्दी गर्न अमेरिकाले १०७ अतिरिक्त बोफोर्स तोपसमेत पठाएको छ । अमेरिकाले युद्ध अभ्यासको नाममा हालैमात्र ९० फाइटर जेटका साथ ३ हजार बढि नौसैनिक भारत पठाएको थियाे ।

चीनलाई असहज पार्न व्यापारिक सम्बन्ध टुटाउँदै

अमेरिकाले आफुँसँगको सम्बन्ध मात्रै नभई अन्य छिमेकी देशसँगको व्यापारिक सम्बन्ध पनि टुटाउने अभियान थालेको छ । भारतले हालै मात्र चिनियाँ मोबाइल एपसहित विभिन्न कम्पनीमाथि प्रतिबन्ध लगाउने योजना अघि सार्नुको पछाडि अमेरिकी रणनीति भएको बताइन्छ ।

यसअघि युरोपेली देश र अष्ट्रेलियाले पनि चिनियाँ विभिन्न कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । एजेन्सीको सहयोगमा

वि.सं.२०७७ साउन ६ मंगलवार १६:३१ मा प्रकाशित

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२, फलबाङमा पहिरोले घर पुरिँदा तीन...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...