back
CTIZAN AD

नेपालमा हालसम्मको कोरोना अपडेटः झण्डै १८ हजार संक्रमित, १२,४७७ जना डिस्चार्ज, ४० जनाको मृत्यु

वि.सं.२०७७ साउन ६ मंगलवार

843 

shares

६ साउन, काठमाण्डौं । नेपालमा मंगलबार ( ६ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख २३ हजार ८३५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ३,९६३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५,४७७ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या २१ हजार ७०४ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएका १५० जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ भने आज ६०९ जना निको भएर डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १२ हजार ४७७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै हालसम्म मृतकको संख्या ४० रहेको छ ।

आज १५० जनामा कोरोना संक्रमण
नेपालमा आज १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी धनुषामा २९ जना, कन्चनपुरमा २० जना र महोत्तरीमा १४ जना संक्रमित भेटिएका छन् ।

आज काठमाडौंका ८ सहित १५० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या झण्डै १८ हजार

त्यस्तै दैलेखमा १०, उदयपुरमा ८, कैलालीमा ६, मकवानपुरमा ५, चितवनमा ४, डोटीमा ४, बझाङमा ४ जना, गोर्खामा ३, म्याग्दीमा ३, मोरङमा ३, स्याङजामा ३,सर्लाहीमा ३, बाग्लुङमा ३, बाँकेमा ३, र दाङमा ३ जना, रामेछाप, झापा, इलाम, सल्यान र पर्सामा २÷२ जना तथा सप्तरी, काभ्रे, ललितपुर, नुवाकोट, चितवन र नवलपरासीमा १\१ जना गरी १५० जनामा संक्रमण पुष्टि भएको छ ।  आज थपिएका १५० जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या १७ हजार ९९४ पुगेको छ ।

नेपालमा आज ६०९ जनाले कोरोनालाई जितेर घर फर्किए
नेपालमा आज ६०९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ६०९ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भई घर फर्किएका हुन् ।

नेपालमा आज ६०९ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या १२,४७७ पुग्यो

आज ६०९ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १२ हजार ४७७ पुगेको छ । निको हुनेको यो संख्या ६९.३४ प्रतिशत हो ।

डिस्चार्ज हुनेको प्रदेश विवरण
प्रदेश १ मा ७५२, प्रदेश २ मा २,७६६ बाग्मति प्रदेशमा ४५२, गण्डकी प्रदेशमा १,०२०, प्रदेश नं ५ मा ३,८१८, कर्णाली प्रदेशमा १५४० र सुदूरपश्चिम प्रदेशमा २,१२९ जना कोरोना संक्रमणबाट निको भइ डिस्चार्ज भएका हुन् ।

कुन प्रदेशको क्वारेन्टिनमा कति छन् त ?
प्रदेश १ मा २,५६७ जना, प्रदेश २ मा २,३१२ जना, बाग्मति प्रदेशमा १,५५२ जना, गण्डकी प्रदेशमा ३,३३७ जना, प्रदेश नं ५ मा ३,५१४ जना, कर्णाली प्रदेशमा १,४४३ जना र सुदूरपश्चिम प्रदेशमा ६९७९ जना रहेका छन् ।

हालसम्म संक्रमित भएकाहरुको प्रदेश विवरण
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म संक्रमित भएका १७,९९४ मध्ये प्रदेश १ मा ८६० प्रदेश २ मा ४,६८५ बाग्मति प्रदेशमा ८८२, गण्डकी प्रदेशमा १,४०५, प्रदेश नं ५ मा ४,१९८, कर्णाली प्रदेशमा १८३७ र सुदूरपश्चिम प्रदेशमा ४१२७ जना रहेका छन् ।

यस्तो छ हेर्नुहोस् नेपालमा साउन ५ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

यस्तो छ हेर्नुहोस् नेपालमा साउन ५ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ साउन ६ मंगलवार १८:२७ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...