back
CTIZAN AD

लकडाउन अन्त्य भएको सरकारको घोषणा, तर केही प्रतिबन्ध कायमै

वि.सं.२०७७ साउन ६ मंगलवार

828 

shares

काठमाडौं । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाएको लकडाउन अन्त्य भएको बताएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले गत ११ चैतदेखि जारी लकडाउन मंगलबार राति १२ बजेदेखि अन्त्य हुने बताएका हुन् । योसँगै १२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य हुने भएको छ ।

कोरोन भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । त्यसबीचमा पटक–पटक म्याद थपेर जेठ २६ सम्म पूर्ण रुपमा कायम रह्यो । त्यसपछि निजी सवारी जोर विजोर प्रणालीमा र पसल सञ्चालन गर्न दिएको सरकारले क्रमशः लकडाउन खुकुलो बनाउँदै लगेको थियो ।

लकडाउन अन्त्य भएपनि कतिपय सेवा क्षेत्रहरु भने बन्द नै रहने सरकाले बताएको छ । बताइएअनुसार लामो दुरीका यातायाता, शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।

वि.सं.२०७७ साउन ६ मंगलवार १९:५९ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...