back
CTIZAN AD

सार्वजनिक सवारीसाधन सञ्चालन गर्न यसरी सहमत भएका हुन् यातायात व्यवसायी

वि.सं.२०७७ साउन ६ मंगलवार

774 

shares

६ साउन, काठमाडौँ । यात्रु र मजदूरका लागि आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था गर्दै बिहीबारदेखि देशभर सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेका छन् । सरकारले लागू गरेको बन्दाबन्दी बुधबार सम्मका लागि भएकाले बिहीबारदेखि सवारीसाधन सञ्चालन गरिँदैछ ।

स्वास्थ्य सुरक्षाको आवश्यक मापदण्ड पूरा गरी सवारीसाधन सञ्चालन गर्न लागिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र तीन मजदूर सङ्गठनले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् । सरकारले सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय गरेको झण्डै दुई सातापछि यातायात व्यवसायीले सवारीसाधन सञ्चालन गर्न लागेका हुन् । व्यवसायी र मजदूर सङ्गठनका अध्यक्ष सहभागी कार्यदलले छोटो, मध्यम, स्थानीय र लामो गरी सबै रुटमा सवारीसाधन सञ्चालन गर्ने जनाएको छ ।

यातायात श्रमिकहरुको समूह कोरोना बीमाका लागि नेपाल सरकारले ५० र सम्बन्धित व्यवसायीले ५० प्रतिशत बीमाङ्क रकम उपलब्ध गराउने सहमति भएको महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए । यातायात श्रमिकको कोरोनाका कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि सरकारका तर्फबाट कोष स्थापना गराउने सहमति भएको छ ।

त्यस्तै, श्रमिकको आवश्यक माक्स, पञ्जा, स्यानिटाजर, पिपिई व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको छ । सरकारले सार्वजनिक यातायातमा पनि जोर बिजोर प्रणाली लागू गर्नुपर्ने उनको भनाइ छ । उनले भने, “कोभिड–१९ लाई मध्यनजर गर्दै तोकिएको भाडादरमा साना, मझैला र ठूला सवारीसाधन सञ्चालन गर्न हामी सबैलाई अनुरोध गर्दछौँ ।”

विभागका महानिर्देशक, ट्राफिक प्रहरी, स्थानीय तहका प्रतिनिधि सम्मिलित बैठक बसेर आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था गरी सवारीसाधन सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । सरकारले आवश्यक तयारी पूरा नहुँदै सवारीसाधन सञ्चालनको निर्णय गरेकाले तत्काल सञ्चालन गर्न नसकिएको अध्यक्ष कर्माचार्यले बताए । सरकारले निजी सवारीसाधन सञ्चालन गरेपछि नै सार्वजनिक सवारीसाधन सञ्चालन गर्नुपर्छ भन्दै कार्यदलले विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत सरोकार राख्ने निकायलाई घच्घचाइरहेको थियो । आवश्यक छलफल र बैठक भइरहेको भए पनि तयारी पूरा नभएको उनको भनाइ छ । उनले भने, “सरकारले निर्णय गर्दासम्म पनि सवारीसाधन सञ्चालन विधि, श्रमिकको स्वास्थ्य र सुरक्षाका विषयमा टुङ्गिएको थिएन ।”

नेपाल राष्ट्र बैङ्कले जारी गरेको मौद्रिक नीतिमा यातायात व्यवसायीलाई समेत सम्बोधन गरेको अध्यक्ष कर्माचार्यले बताए । नीतिमा किस्ता र ब्याजमा सहुलियत र पुनः कर्जाका विषय समेटिएको छ । यसको कार्यान्वयनका लागि व्यवसायी र स्वरोजगारमैत्री कार्यविधि आउनेसमेत उनले विश्वास व्यक्त गरे । व्यवसायीले सरकारसँग सवारीसाधन सञ्चालन पहिले यात्रु र चालक, सहचालकको सुरक्षाको प्रत्याभूति चाहेको उनको भनाइ छ । उनले भने, “त्यसका लागि हामी चालक, सहचालकलाई सुरक्षा सामग्री उपलब्ध गराउँछौँ र यात्रुले पनि माक्स लगाएर दूरी कायम गरेर बस्नुपर्छ ।”

नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले यातायात क्षेत्र ठप्प भएको अवधिमा धेरै मजदूरलाई गाँसबासकै समस्या भएको बताए । स्थानीय तहले वडावडामार्फत राहत बाँडे पनि यातायातका मजदूरले त्यो नपाएको उनको भनाइ छ । उनले भने, “उहाँहरुको राहत मतदाता लक्षित हुने तर हाम्रा साथीहरुको अस्थायी बसोबास भएकाले राहत पाउनुभएन ।”

नेपाल यातायत मजदूर सङ्घका अध्यक्ष धर्मराज भण्डारीले मजदूर र व्यवसायी सङ्गठन सवारीसाधन सञ्चालन गर्ने वातावरण बनाउन भन्दै प्रधानमन्त्री, पार्टीका शीर्षनेता, कर्मचारी लगायतसँग भेटघाट गरेको बताए । सरकारले यातायात क्षेत्रका समस्या समाधान गरेर सञ्चालनको वातावरण बनाएको उनको भनाइ छ ।

सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि चैत ११ देखि बन्दाबन्दी जारी गरेको थियो । सार्वजनिक सवारीसाधन चैत १० देखि नै ठप्प छन् । सरकारले गत असार १ देखि निजी सवारीसाधन सञ्चालन गर्ने र असार २६ देखि सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय गरेको थियो । (रासस)

वि.सं.२०७७ साउन ६ मंगलवार २०:२२ मा प्रकाशित

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...