back
CTIZAN AD

काँग्रेसले १३ औँ साग खेलका स्वर्णपदक विजेतालाई सम्मान गर्ने

वि.सं.२०७७ साउन ६ मंगलवार

756 

shares

६ साउन, काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रीय खेलकूद विभागले गत १३ औ साग खेलका स्वर्णपदक विजेतालाई नगदसहित सम्मान गर्ने भएको छ ।

फाइल तस्विर

आज एक पत्रकार सम्मेलनको आयोजना गरी खेलकूद क्षेत्रको बृहत्तर विकासलाई ध्यानमा राखी उक्त निर्णय गरेको जानकारी दिइयो । विभागका प्रमुख मोहनबहादुर बस्नेतले टोकियो ओलम्पिक ‘२०२१’ मा नेपालका तर्फबाट सहभागी हुने खेलाडी र प्रशिक्षकको कोरोना बीमा गरिने पनि बताए । उनले भने, “ २०२१ मा हुने ओलम्पिक खेलको तयारीका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिताहरुमा नेपाली खेलाडीको सहभागिताका लागि कोरोनाको सुरक्षा र सावधानी अपनाउँदै प्रशिक्षण सञ्चालन गर्न सरकारसँग माग गछौँ ।’

यसैगरी काङ्ग्रेस सभापतिको नाममा हरेक वर्ष राष्ट्रियस्तरीय सभापति कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय पनि गरेको बस्नेतको भनाइ छ ।

विभिन्न विधाका प्रशिक्षकहरुको व्यवस्था गरी वडा तहसम्म खेलकूद गतिविधि सञ्चालन गर्ने, प्रजातन्त्रवादी नेताहरुको सम्मानमा राष्ट्रिय, प्रादेशिक र स्थानीयस्तरीयमा विभिन्न विधाका हरेक वर्ष खेलकुद प्रतियोगिता गरिने सो अवसरमा जानकारी दिइयो ।

राष्ट्रिय खेलकूद परिषद्मा कार्यरत १३ देखि २४ वर्ष सेवा अवधि पार भएका कर्मचारीको पदोन्नति नगरी वृत्तिविकासमा आँच पु¥याएकाले निजहरुको बढुवा प्रक्रिया अगाडि बढाउन समेत सो अवसरमा माग गरिएको छ । “नेपाल ओलम्पिक कमिटी र भारतीय टिभी च्यानलहरुबीच भएको १३ औ सागका गतिविधि प्रसारणसम्बन्धी सम्झौता रकमको हिसाबकिताब सार्वजनिक गर्न माग गर्छाँ”, उनले थपे ।

वि.सं.२०७७ साउन ६ मंगलवार २०:३१ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...