back
CTIZAN AD

यी हुन् लकडाउन अन्त्य भएपनि प्रतिबन्ध कायमै रहने क्षेत्र

वि.सं.२०७७ साउन ६ मंगलवार

828 

shares

काठमाडौं । सरकारले मंगलबार रातीदेखि कायम हुने गरि १२० दिन लामो लकडाउन अन्त्यको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साउन ६ को मध्यरातदेखि लकडाउन अन्त्य गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा। युवराज खतिवडाले गत ११ चैतदेखि जारी लकडाउन मंगलबार राति १२ बजेदेखि अन्त्य हुने बताएका हुन् । कोरोन भाइरस ९कोभिड–१९०को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो ।

लकडाउन अन्त्य भएपनि सरकारले केहि क्षेत्रमा भने प्रतिबन्ध कायमै रहने जनाएको छ । सरकारले सुरक्षाको हिसाबले जोखिमपूर्णं क्षेत्रमा प्रतिबन्ध कायमै रहने जनाएको हो ।

जनाएअनुसार होटल तथा रेष्टुरेन्टहरुमा आगामी साउन १५ सम्म प्रतिबन्ध कायम हुनेछ भने यातायात क्षेत्र भदौ १ देखि खुला हुनेछ । त्यसैगरि अन्तराष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलका कार्यक्रमहरु भदौ १ बाट गर्न पाईनेछ ।

विद्यालय खोलेर पठनपाठन भने तत्कालै नहुने भएको छ । भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षाका कार्यक्रम गर्न छुट दिएपनि पठनपाठन भने तत्कालै सूचारु नहुने भएको हो ।

यी हुन् प्रतिबन्ध कायमै रहेका क्षेत्र

सरकारले शैक्षिक गतिविधिका केहि कुरामा छुट दिएपनि पठनपाठन सञ्चालन गर्न, ट्युसन सेन्ट सञ्चालन गर्न र तालीम केन्द्रहरु खोल्न प्रतिबन्ध रहने जनाएको छ । यसैगरि सभा गोष्ठी गर्न प्रदर्शन भेला र सम्मेलन गर्न प्रतिबन्ध पनि कायमै रहेको जनाएको छ ।

त्यसैगरि सिनेमा हल र डान्स बारलगायतका मनोरञ्जन स्थल पनि खोल्न नपाईने जनाइएको छ । सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना पनि तत्कालै खोल्न पाईने छैन् । जोखिमलाई मुल्यांकन गर्दै यसबारे थप पछि निर्णय गर्ने जनाइएको छ ।

वि.सं.२०७७ साउन ६ मंगलवार २०:३६ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...