back
CTIZAN AD

रामकुमारी झाँक्रीलाई राजेन्द्र राईको पत्र – आफ्नो ठाउँ नछाडी डटी रहनुस्

वि.सं.२०७७ साउन ६ मंगलवार

1K 

shares

तपाईं माथि भईरहेको गालीको बौछार देखिरहेको छु, हेरिरहेको छु । मलाई थाहा छ, तपाईं आफैं गरिबी र संघर्षकोभुङ्ग्रोमा खारिएको स्पात हो, त्यसैले जस्तासुकै गाली, धाक, प्रलोभन केहीले पनि तपाईंलाई गलाउन, ढलाउन सक्ने छैन। तर यति मात्र स्मरण गराउन खोजेको की, म, हामी र खासमा लाखौं लाख हामी तपाईंको साथमा छौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा प्रदेश १ सभा सदस्य राजेन्द्र कुमार राईले नेतृ रामकुमारी झाँक्रीलाई पत्र लेखेका छन् ।

संघीय सांसद समेत रहेकी नेतृ झाँक्रीले सामाजिक सञ्जालमा भारतीय टेलिभिजन च्यानल जी न्यूजले बजाएको प्रधानमन्त्रीसँग सम्बन्धित एउटा समाचार र राम नेपालमा जन्मिएको र अयोध्याय नेपालमा रहेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई जोडेर कडा टिप्पणी दिएकी थिइन् ।

उक्त टिप्पणीलाई लिएर उनीमाथि धेरै गालिगलौज र टिकाटिप्पणी भैरहेको बेला नेता राईले भने ‘गालीले तपाईलाई गलाउन, ढलाउन सक्ने छैन’ भनेका छन् ।

उनले लेखेको पत्र यस्तो छ :

कमरेड, राम कुमारी झाँक्री, ✊ अभिवादन अनि सलाम !

तपाईं माथि भईरहेको गालीको बौछार देखिरहेको छु, हेरिरहेको छु । मलाई थाहा छ, तपाईं आफैं गरिबी र संघर्षकोभुङ्ग्रोमा खारिएको स्पात हो, त्यसैले जस्तासुकै गाली, धाक, प्रलोभन केहीले पनि तपाईंलाई गलाउन, ढलाउन सक्ने छैन। तर यति मात्र स्मरण गराउन खोजेको की, म, हामी र खासमा लाखौं लाख हामी तपाईंको साथमा छौं ।

तपाईंलाई राम्रोसँग थाहा छ, खासमा, गाली गर्नेहरु नजन्मिएको भए यो विवाद, लड़ाई सुरु नै हुने थिएन, त्यसैले यो लड़ाई गाली गर्ने र नगर्ने वा गाली गर्नु हुन्न भन्नेहरु बीचको, कम्युनिस्ट संस्कृति, संस्कार भत्काउने र बचाउने बीचको पनि हो, त्यसैले आफ्नो ठाउँ नछाडी डटी रहनुस् ।

तपाईंले पक्कै बिर्सिनु भएको छैन ‘हामीले सडकमा गणतन्त्रको लागि नारा लगाइरहँदा, संघर्ष गरिरहदा हाम्रा पार्टीका अहिलेका ठूला ठूला मान्छेहरूले हामीलाई अराजक करार गरिरहेका थिए, पार्टीको औपचारिक बैठकमा हामीमाथि कारबाहीको माग गरिरहेका थिए, अनेरास्ववियु भित्रै पनि गणतन्त्र पास गराउन कहाँको सजिलो भाको थियो र ?’ तर तपाईं, म, हामी डगेनौं, भागेनौं, परिणाम सबको सामु हाजिर छ ।

कुरा यति हो, फेरि पनि, देशले, पार्टीले तपाईं, हाम्रो संकल्प र अभियानको माग गर्यो, सहिद र योद्धाहरूको बलिदानबाट यहाँ सम्म आएको कम्युनिस्ट पार्टीलाई नामको मात्र होइन कम्निस्ट चरित्र र गुण सहितको कम्युनिस्ट पार्टी बनाउने, ठूलो पार्टी मात्र होइन असल कम्युनिस्ट पार्टी बनाउने, नेताको सुख आनन्दको लागि मात्र सत्तामा पुग्ने होइन सत्तालाई देश र जनताको मुहार फेर्ने, पिल्सिएका, हेपिएका जनताको खुसियाली ल्याउने, साँच्चो खालको समाजवाद ल्याउने साधनको रुपमा प्रयोग गर्ने कम्युनिस्ट पार्टी बनाउने सङ्कल्प, अभियानको अपेक्षा गर्यो, त्यसैले डेग नछाडी डटीरहनुस, म, हामी, सबै न्यायप्रेमी तपाईंको साथमा छौं, हुने छौं, सबै आउने छन्, तपाईंको रातो रगतको मूल्यमा गणतन्त्र आए जस्तै त्यो दिन आउनेछ, नयाँ दिन आउने छ, उज्यालो दिन आउनेछ ।

फेरि पनि लाल सलाम !

वि.सं.२०७७ साउन ६ मंगलवार २१:०३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...