back
CTIZAN AD

यस्तो छ तपाईको आजको राशिफल, आज यी राशिकाले विशेष ध्यान दिनुहोला

वि.सं.२०७७ साउन ७ बुधवार

777 

shares

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
हतारको निर्णयले काम रोकिन सक्छ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ । शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने अप्ठ्यारो स्थितिमा सुधार आउनेछ । मिहिनेतले आँटेको काम बन्नेछ ।

वृष इ-, उ, ए, ओ, बा, बि, बु, बे, बो
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन् । प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। दाजुभाइमा असमझदारी बढ्न सक्छ । व्यापारमा प्रतिस्पर्धा बढ्नेछ र सहयोगीहरू पछि हट्नेछन् । तापनि नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा सामान्य लाभ हुनेछ तर चिताएको दाम नउठ्न सक्छ । मिहिनेतले काम बनाउन सकिनेछ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर समेत प्राप्त हुनेछ । प्रयत्न गर्दा चिताएको काम सम्पादन हुन सक्छ । सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ । अर्थअभावले विशेष काम रोकिन सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ । आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला । सरसापटमा गएको रकम भने फिर्ता हुनेछ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ । विशेष भेटघाटले काममा उत्साह बढाउला । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक वा पदीय दायित्व हातलागी हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश पनि प्राप्त हुनेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ । मिहिनेत गर्दा काम प्रारम्भ हुनेछ। तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ । सहयोगीबाट गोपनीयता बाहिरिन सक्छ । मिहिनेतले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ । तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ । स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला ।

वृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेत परे पनि भविष्यका लागि जग बसाउने अवसर प्राप्त हुनेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । शक्तिको धाक देखाउनेहरू स्वतस् निहुरिनेछन् । धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रोकिएको कामले पनि निकास पाउनेछ । फजुल खर्च भने बढ्न सक्छ । विश्वासघात गर्नेहरू सक्रिय रहनेछन् ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । गोपनीयता बाहिरिनाले समस्या आइपर्ला । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन् । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । कामको चाप पनि बढ्न सक्छ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
केही खर्च लागे पनि खानपान तथा मनोरञ्जनको समय छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्नेछ । तर बलजफ्ती गर्दा समस्या आउन सक्छ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिवश सानोतिनो समस्याले अल्झाउनेछ । मिहिनेतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित हुनेछ । यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ । अवसर प्राप्त भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । समयतालिका नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाइनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् । तर मिहिनेत गर्दा बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सफल भइनेछ ।

वि.सं. २०७७ साउन ७ बुधवार इ.स. २०२० जुलाई २२
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज मंगलबार यस्तो छ तपाईको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त लाभ ?

वि.सं.२०७७ साउन ७ बुधवार ०७:४९ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...