back

यस्तो छ हेर्नुहोस् नेपालमा साउन ५ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ साउन ५ सोमवार

117 

shares
NTC AD
Global IME AD

५ साउन, काठमाडौँ । नेपालमा सोमबार (५ असार) सम्म पिसीआर प्रविधिबाट ३ लाख १९ हजार ८७२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ४,२१६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५,९३६ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या २२ हजार २२८ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएका १८६ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ भने आज निको भएर १७३ डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ११ हजार ८६८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै हालसम्म मृतकको संख्या ४० पुगेको छ ।

आज १८६ जनामा कोरोना संक्रमण
नेपालमा आज १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (सोमबार) सबैभन्दा बढी बारामा ४६ जना, डोटीमा ४० जना र सर्लाहीमा २३ जनामा संक्रमित भेटिएका छन् ।

नेपालमा आज १८६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,८४४ पुग्यो

सप्तरीमा ९ जना, कास्कीमा ८, रुकुमपुर्वका ७, दाङमा ५, रोल्पामा ४, सोलुखुम्बुमा ४ जना, सुर्खेतमा ४, सुनसरीमा ४, पर्सा ४ सुनसरी, झापा, धनुषा, काठमाण्डौं, बाँके, सल्यान, तनहुँ र दैलेखमा २/२ जना र झापा, इलाम, मोरङ, सिराहा, ललितपुर, लम्जुङ ,स्याङजा, सल्यान, हुम्ला, कैलाली तथा कालिकोटका १/१ जना गरी जम्मा १८६ जना नयाँ संक्रमित भेटिएका हुन् ।

कुन प्रदेशमा कति संक्रमित उपचाररत छन् त ?
मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ९३, प्रदेश २ मा १,९३३, बाग्मति प्रदेशमा ३९९, गण्डकी प्रदेशमा ३८४ जना, प्रदेश नं ५ मा ४१० जना, कर्णाली प्रदेशमा २९९ जना र सुदूरपश्चिम प्रदेशमा २,४१८ जना विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत छन् ।

५०० भन्दा बढी संक्रमित उपचाररत रहेका जिल्ला
रौतहट, कैलाली र बाजुरामा अझैपनि ५०० भन्दा बढी संक्रमित उपचाररत छन् ।

हालसम्म कुन प्रदेशमा कति संक्रमित भेटिए त ?
प्रदेश १ मा ८४५ जना, प्रदेश २ मा ४६३६ बाग्मति प्रदेशमा ८५९, गण्डकी प्रदेशमा १,३९३, प्रदेश नं ५ मा ४,१९१, कर्णाली प्रदेशमा १,८२५ र सुदूरपश्चिम प्रदेशमा ४,०९५ गरी जम्मा १७ हजार ८४४ रहेका छन् ।

आज १७३ जना कोरोनाबाट निको भएर घर फर्किए
नेपालमा आज १७३ जनाले कोरोनालाई जितेर घर फर्किएएका छन् ।

आज १७३ जना कोरोनाबाट निको भएर घर फर्किए, निको हुनेको संख्या ११,८६८ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १७३ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज १७३ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या सोमबारसम्म ११ हजार ८६८ पुगेको छ ।

कुन प्रदेशमा कति निको भए त हालसम्म ?
प्रदेश १ मा ७५२ जना, प्रदेश २ मा २,६९७ जना, बाग्मती प्रदेशमा ४५१ जना, गण्डकी प्रदेशमा १००४ जना, प्रदेश नं ५ मा ३,७७१, कर्णाली प्रदेशमा १,५२२ र सुदूरपश्चिम प्रदेशमा १,६७१ जना डिस्चार्ज भइ घर फर्किएका हुन् ।

यी हुन् कोरोनालाई जितेर शून्य झरेका ७ जिल्ला

यी हुन् कोरोनालाई जितेर शून्य संक्रमितमा झरेका ७ जिल्ला


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ७ जिल्लाले कोरोनालाई जितेर शून्य संक्रमितमा झरेका छन् ।
शून्य संक्रमित भएका ती ७ जिल्लामा भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् ।

नेपालमा साउन ४ सम्मको कोरोना अपडेटः १७,६५८ संक्रमित, ११,६९५ जना निको र ४० को मृत्यु

वि.सं.२०७७ साउन ५ सोमवार १८:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

बेइजिङ । चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई)...

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को...

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...