back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा साउन ५ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ साउन ५ सोमवार

729 

shares

५ साउन, काठमाडौँ । नेपालमा सोमबार (५ असार) सम्म पिसीआर प्रविधिबाट ३ लाख १९ हजार ८७२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ४,२१६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५,९३६ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या २२ हजार २२८ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएका १८६ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ भने आज निको भएर १७३ डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ११ हजार ८६८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै हालसम्म मृतकको संख्या ४० पुगेको छ ।

आज १८६ जनामा कोरोना संक्रमण
नेपालमा आज १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (सोमबार) सबैभन्दा बढी बारामा ४६ जना, डोटीमा ४० जना र सर्लाहीमा २३ जनामा संक्रमित भेटिएका छन् ।

नेपालमा आज १८६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,८४४ पुग्यो

सप्तरीमा ९ जना, कास्कीमा ८, रुकुमपुर्वका ७, दाङमा ५, रोल्पामा ४, सोलुखुम्बुमा ४ जना, सुर्खेतमा ४, सुनसरीमा ४, पर्सा ४ सुनसरी, झापा, धनुषा, काठमाण्डौं, बाँके, सल्यान, तनहुँ र दैलेखमा २/२ जना र झापा, इलाम, मोरङ, सिराहा, ललितपुर, लम्जुङ ,स्याङजा, सल्यान, हुम्ला, कैलाली तथा कालिकोटका १/१ जना गरी जम्मा १८६ जना नयाँ संक्रमित भेटिएका हुन् ।

कुन प्रदेशमा कति संक्रमित उपचाररत छन् त ?
मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ९३, प्रदेश २ मा १,९३३, बाग्मति प्रदेशमा ३९९, गण्डकी प्रदेशमा ३८४ जना, प्रदेश नं ५ मा ४१० जना, कर्णाली प्रदेशमा २९९ जना र सुदूरपश्चिम प्रदेशमा २,४१८ जना विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत छन् ।

५०० भन्दा बढी संक्रमित उपचाररत रहेका जिल्ला
रौतहट, कैलाली र बाजुरामा अझैपनि ५०० भन्दा बढी संक्रमित उपचाररत छन् ।

हालसम्म कुन प्रदेशमा कति संक्रमित भेटिए त ?
प्रदेश १ मा ८४५ जना, प्रदेश २ मा ४६३६ बाग्मति प्रदेशमा ८५९, गण्डकी प्रदेशमा १,३९३, प्रदेश नं ५ मा ४,१९१, कर्णाली प्रदेशमा १,८२५ र सुदूरपश्चिम प्रदेशमा ४,०९५ गरी जम्मा १७ हजार ८४४ रहेका छन् ।

आज १७३ जना कोरोनाबाट निको भएर घर फर्किए
नेपालमा आज १७३ जनाले कोरोनालाई जितेर घर फर्किएएका छन् ।

आज १७३ जना कोरोनाबाट निको भएर घर फर्किए, निको हुनेको संख्या ११,८६८ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १७३ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज १७३ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या सोमबारसम्म ११ हजार ८६८ पुगेको छ ।

कुन प्रदेशमा कति निको भए त हालसम्म ?
प्रदेश १ मा ७५२ जना, प्रदेश २ मा २,६९७ जना, बाग्मती प्रदेशमा ४५१ जना, गण्डकी प्रदेशमा १००४ जना, प्रदेश नं ५ मा ३,७७१, कर्णाली प्रदेशमा १,५२२ र सुदूरपश्चिम प्रदेशमा १,६७१ जना डिस्चार्ज भइ घर फर्किएका हुन् ।

यी हुन् कोरोनालाई जितेर शून्य झरेका ७ जिल्ला

यी हुन् कोरोनालाई जितेर शून्य संक्रमितमा झरेका ७ जिल्ला


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ७ जिल्लाले कोरोनालाई जितेर शून्य संक्रमितमा झरेका छन् ।
शून्य संक्रमित भएका ती ७ जिल्लामा भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् ।

नेपालमा साउन ४ सम्मको कोरोना अपडेटः १७,६५८ संक्रमित, ११,६९५ जना निको र ४० को मृत्यु

वि.सं.२०७७ साउन ५ सोमवार १८:३६ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...