back
CTIZAN AD

नेपालमा साउन ४ सम्मको कोरोना अपडेटः १७,६५८ संक्रमित, ११,६९५ जना निको र ४० को मृत्यु

वि.सं.२०७७ साउन ४ आइतवार

846 

shares

४ साउन, काठमाण्डौं । नेपालमा आइतबार (४ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख १५ हजार ५७० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट पिसीआर प्रविधिबाट ३,७४१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५,९२३ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या २२ हजार ६६२ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएका १५६ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ भने आज ५८ जना निको भएर डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ११ हजार ६९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै हालसम्म मृतकको संख्या ४० पुगेको छ ।

नेपालमा आज १५६ जनामा कोरोना संक्रमण
नेपालमा आज १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी सप्तरीमा ३२, सर्लाहीमा २७ जना, कैलालीमा २४ जना, बर्दियामा १० जना र नवलपरासीमा १० जना संक्रमित भेटिएका छन् ।

नेपालमा आज १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,६५८ पुग्यो

त्यसैगरी पर्सामा ७, कास्कीमा ६ लम्जुङमा ६, म्याग्दीमा ६, बाँकेमा ५, दाङमा ५, स्याङजा, ललितपुर,रुपन्देही, डडेल्धुरा र रौतहटमा २÷२ जना, सुनसरी, सिराहा, बारा, काठमाण्डौं, मोरङ, मकवानपुर, बाग्लुङ, पर्वत, प्युठान र सल्यानमा १÷१ जनागरी जम्मा १५६ जनामा संक्रमण पुष्टि भएको छ ।
आज थपिएका १५६ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ६५८ पुगेको छ ।

आज ५८ जना डिस्चार्ज
नेपालमा आज ५८ जनाले कोरोनालाई जितेर घर फर्र्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ५८ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज ५८ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ११,६९५ पुगेको छ । यो संख्या ६६.२४ प्रतिशत हो ।

आज ५८ जना निको भएसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ११,६९५ पुग्यो

कुन प्रदेशमा कति निको भए त ?
मन्त्रालयका अनुसार प्रदेश १ मा ७५१ जना, प्रदेश २ मा २,६५९ जना,बाग्मति प्रदेशमा ४२७ जना, गण्डकी प्रदेशमा ९४८ जना, प्रदेश नं ५ मा ३७१५ जना, कर्णाली प्रदेशमा १,५१४ र सुदूरपश्चिम प्रदेशमा १,६७१ जना विभिन्न अस्पताल तथा आइसोलेशनबाट डिस्चार्ज भएर घर फर्किएका छन् ।

कुन प्रदेशमा कति जनाको मृत्यु भयो ?
प्रदेश १ मा शून्य, प्रदेश २ मा ६ जना, बाग्मति प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ६ जना गरी हालसम्म जम्मा ४० जनाको मृत्यु भएको छ ।

हेर्नुहोस् नेपालमा असार ३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ साउन ४ आइतवार १८:०० मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...