back
CTIZAN AD

झमकलाई घर हस्तान्तरण, घरको लागत एक करोड ८० लाख

वि.सं.२०७७ साउन ४ आइतवार

840 

shares

४ साउन, काठमाडौँ । साहित्यकार झमक घिमिरेलाई सरकारले घर हस्तान्तरण गरेको छ । शनिबार घिमिरेको घर हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री पत्नी राधिका शाक्यले उनको अवस्थाबारे जानकारी पाएपछि ‘झमक घिमिरे साहित्य प्रतिष्ठान’ को निर्माण गरेको जानकारी दिइन् । “घिमिरेलाई मात्र नभई हामीले समाजका दुःख पाएका हरेक व्यक्तिलाई हाम्रो सामथ्र्यले भ्यायसम्म सहयोग गरिरहेका छौँ”, उनले भनिन्।

वि.सं २०७२ मा प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री रहँदा घिमिरेका लागि घर बनाउने निर्णय गरिएको उनले बताइन् । धनकुटा कचिडेकी घिमिरे जन्मिँदै मस्तिष्क रोग सेरेब्राल पाल्सीबाट पीडित छन् । जसका कारण उनी बोल्न र हिँडडुल गर्न सक्दिनन् । साथै उनी खुट्टाको सहायताले लेखेर संवाद गर्छिन् । खुट्टाको तीन वटा औँला मात्रै चल्ने उनका आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनले आत्मकथा ‘जीवन काँडा कि फूल’ का लागि केही वर्षअघि मदन पुरस्कार पाएकी थिइन्।

उनकै सम्मानमा सरकारले पाँच वर्षअघि घर निर्माण गर्ने घोषणा गरेको थियो । त्यतिबेलै पशुपति क्षेत्र विकास कोषको जग्गा प्राप्त भए पनि निर्माण कार्य भने दुई वर्ष अगाडि थालिएको थियो । रु एक करोड ८० लाखको लागतमा निर्माणार्थ उक्त घर तीनतले छ । उक्त घर प्रधानमन्त्री पत्नी शाक्यको रेखदेखमा निर्माण सम्पन्न भएको हो । घर घिमिरेको ४० औँ जन्मजयन्तीका उपलक्ष्यमा हस्तान्तरण गरिएको हो ।

वि.सं.२०७७ साउन ४ आइतवार १८:४२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...