back
CTIZAN AD

महासङ्घ भन्छ – सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय भएको छैन

वि.सं.२०७७ साउन ४ आइतवार

801 

shares

४ साउन, काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने विषयमा कुनै निर्णय भइनसकेको जनाएको छ । महासङ्घले यातायात व्यवस्था विभागसँग नियमित वार्ता र छलफल भइरहे पनि अहिलेसम्म निर्णयमा नपुगिएको जनाएको हो ।

सरकारले गत असार २३ मा छोटो दूरीमा सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णयपछि व्यवसायी र मजदूर सङ्गठन नियमित विभागसँग छलफल गरिरहेका छन् । मजदूरको कोरोना बीमा र चालक, सहचालक र यात्रुको स्वास्थ्य सुरक्षाका विषयमा अहिले विभागमा सरोकार राख्ने निकायका प्रतिनिधि बोलाएर छलफल भइरहेको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

केही दिन पहिले मात्रै काठमाडौँ उपत्यकाका केही स्थानीय तहका प्रमुखसँग सवारीसाधन चढ्नु पहिले हात धुनका लागि साबुनपानीको व्यवस्था कसले गर्ने भनी छलफल भएको थियो । उनले भने, “सार्वजनिक सवारीसाधनबाट सङ्क्रमण नफैलियोस् भनेर तयारी गरेर मात्रै चलाउने गरी हामी नियमित छलफलमा छौँ ।”

केही दिन पहिलेदेखि काठमाडौँ उपत्यकालगायतका शहरमा केही सार्वजनिक सवारीसाधन सञ्चालनमा छन् । देशभरमा अधिकांश सवारीसाधन भने सञ्चालनमा छैनन् । कोभिड–१९ को सङ्क्रमण फैलिएको समयमा सवारीसाधन सञ्चालनका लागि विभागले गत महिना निर्देशिका बनाए पनि त्यसमा स्वास्थ्यका विषय नसमेटिएको महासङ्घले बताउँदै आएको छ । कार्यविधिमा परिमार्जन नभएसम्म अहिले नै सवारीसाधन सञ्चालन गर्ने वातावरण नबनेको उनको भनाइ छ ।

मजदूरको स्वास्थ्य बीमा, कुनकुन ठाउँबाट यात्रु चढ्ने, हात धुने ठाउँको व्यवस्थालगायतका विषयमा बृहत् तयारी गरिरहेको उनको भनाइ छ । उनले भने, “सार्वजनिक सवारीसाधन सञ्चालन कसरी हुनेछ भनी हामी चाँडोभन्दा चाँडो पत्रकार सम्मेलनमार्फत जानकारी गराउनेछौँ ।” काठमाडौँ उपत्यकामा साझा यातायात, सुन्दर यातायात, संयुक्त यातायातलगायतका केही कम्पनीले भने थोरै सङ्ख्यामा बस सञ्चालन गर्न थालेका छन् ।(रासस)

वि.सं.२०७७ साउन ४ आइतवार १८:५१ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...