back
CTIZAN AD

ओली–दाहालबीच झण्डै ३ घण्टा लामो छलफल, के भयो कुराकानी ?

वि.सं.२०७७ साउन ४ आइतवार

813 

shares

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच झण्डै ३ घण्टा लामो छलफल भएको छ । पार्टी विवाद समाधानका लागि भन्दै अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ छलफल भएको हो ।

छलफलमा दुई अध्यक्षसहित महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागि भएको नेकपा स्रोतले जनाएको छ । छलफलबाट के विषयमा सहमती भयो भन्ने विषय दुवै पक्षले सार्वजनिक नगरेको भए पनि छलफल सौहार्दपूर्णं रहेको बताइएको छ ।

यसअघि आइतबार दिउँसो पार्टीको पछिल्लो विवादबारे अध्यक्ष दाहालले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलगायतका नेतासँग छलफल गरेका थिए । शनिबार सचिवालय बैठकसँगै प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीसँग अर्ली महाधिवेशन गर्नेबारे सहमती गरेको चर्चा भएसँगै उनले नेताहरुलाई बोलाएर स्पष्टीकरण दिएका थिए ।

शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको अर्ली महाधिवेशन मंसिरमा गर्ने प्रस्तावप्रति समर्थन जनाएसँगै दाहालको उनी निकटबाटै आलोचना भएको थियो । साथै सचिवालय बैठक लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई अध्यक्षको तर्फबाट भएको भेटप्रति नेताहरुले आशंका जनाएका छन् ।

वि.सं.२०७७ साउन ४ आइतवार २०:५६ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...