back
CTIZAN AD

अनलाईन कक्षा सुचारु गर्न निजि विद्यालयलाई शिक्षा मन्त्रालयको अनुरोध (विज्ञप्तीसहित)

वि.सं.२०७७ साउन ४ आइतवार

762 

shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाईन कक्षा सुचारु गर्न निजि विद्यालयलाई अनुरोध गरेको छ । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालयले स्थगन गरिएको अनलाईन कक्षालाई निरन्तरता दिन अनुरोध गरेको हो ।

मन्त्रालयले कोरोना महामारीले उत्पन्न परिस्थितिमा समस्यामा परेका निजि विद्यायलको समस्याको ठोस निरुपण गर्ने गरि पनि प्रयत्न भईरहेको पनि जनाएको छ । साथै मन्त्रालयले मौद्रिक नीतिमार्फत पनि केही विषय सम्बोधन गरिएको स्मरण गराएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मौद्रिक नीतिमा शिक्षा लगायतका व्यवसायीले लिएको ऋणको साँवा र व्याज बन्दाबन्दीको अवधिमा भुक्तानी गर्न कठिनाई भएको अवस्थालाई दृष्टिगत गरी कर्जा भुक्तानीको म्याद थप र कर्जा पुनर्संरचना तथा पुनरतालिकीकरण गर्ने व्यवस्था गरिएको विषय पनि यस सन्दर्भमा स्मरणीय छ ।’

निजि तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन) र एनप्याब्सनले आफुँहरुको माग पुरा नभएको भन्दै साउन १ देखि अनलाइन कक्षा बन्द गराउँदै शिक्षक तथा कर्मचारीलाई बेतलवी बिदामा राख्ने घोषणा गरेका थिए । तर शिक्षक युनियनको आन्दोलनसँगै शिक्षक तथा कर्मचारीलाई बेतलबी विदामा राख्ने निर्णय फिर्ता लिएपनि अनलाईन कक्षा सुचारु गर्ने बारे भने केहि बोलेका छैनन् ।

यस्ताे छ शिक्षा मन्त्रालयद्वारा जारी विज्ञप्ति

वि.सं.२०७७ साउन ४ आइतवार २१:५२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...