back

आज साउन महिनाको पहिलो सोमबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?

वि.सं.२०७७ साउन ५ सोमवार

87 

shares
NTC AD
Global IME AD

मेष-चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रचनात्मक काममा जुट्ने समय छ। तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सहयोगीहरूको सहमति नजुट्नाले काम रोकिन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपर्ला । दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ । साँझदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला । बेसुरमा काम गर्दा दुस्ख पाइनेछ । पुरानो गतिले पनि काम बिग्रन सक्छ ।

वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । तापनि बुद्धिले काम लिँदा योजना कार्यान्वयनमा आउनेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । परिस्थितिको बन्धनले स्वतन्त्रतामा बाधा पुर्याउनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ । नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन् । कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ । बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ । साँझतिर आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । काममा पनि पछि परिनेछ । दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ । साँझदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ । तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । तर हातलागी भएको रकम सरसापटमा बाहिरिन सक्छ । तत्काल फाइदा उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ । साँझदेखि आकस्मिक खर्च बढ्ने देखिन्छ । यात्रा वा बसाइमा केही स्थानान्तरण हुन सक्छ । खर्चिलो काम गर्नुपर्ने हुँदा केही सरसापट लिनुपर्ने हुन सक्छ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउनेछन् । सानातिना काममै अल्झनुपर्दा उद्देश्य ओझेलमा पर्न सक्छ । साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि तथा व्यापारमा फाइदा हुनेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।

वृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । साँझतिर सामाजिक कामको जिम्मेवारी आउला। चुनौतीभित्र अवसर खोज्ने समय छ । प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ । वादविवादले साथीभाइमा फाटो ल्याउनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्नेछ । भेटघाटले काममा अलमल हुन सक्छ । यात्रा केही कष्टपूर्ण हुनेछ । साँझदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । बाध्यात्मक परिस्थितिले पनि इच्छाशक्ति कुण्ठित हुनेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन् । अस्वस्थताले लक्ष्यमा पुग्न नसकिएला । सहयोगीहरू पछि हट्नाले समस्या पर्नेछ । व्याहारिक अलमलले पनि आँटेका काममा बाधा पुर्याउनेछ । साँझतिर रमाइलो जमघटमा सहभागी भइनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ । लोकाचारले फजुल खर्च गराए पनि मिहिनेतले लक्ष्यमा पुग्न सफल भइनेछ ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्ला । समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ । साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ । तर केही चुनौती देखिनेछन् । वैधानिक प्रावधानले अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ । बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ । आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला । हडबडीले समस्या निम्त्याउन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको विश्वास गर्दा धोका पाइनेछ ।

वि.सं. २०७७ साउन ५ सोमवार (इ.स. २०२० जुलाई २०)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

यस्तो छ तपाईको आजको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् लाभान्वित

वि.सं.२०७७ साउन ५ सोमवार ०७:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD