back
CTIZAN AD

हेर्नुहोस् नेपालमा असार ३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ साउन ३ शनिवार

774 

shares

३ साउन, काठमाण्डौं । नेपालमा शनिबार (३ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख ११ हजार ८२९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा देशैभरी रहेको २७ वटा प्रयोगशालाबाट पिसीआर प्रविधिबाट ३,३३१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५,८२५ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या २३ हजार २५७ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

त्यसैगरी आज थपिएका ५७ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ भने आज निको भएर १०३ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ११ हजार ६३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

हालसम्म न प्रदेशमा कति संक्रमित भेटिए त ?
प्रदेश १ मा ८२८ जना, प्रदेश २ मा ४,४८३ बाग्मती प्रदेशमा ८५२ जना, गण्डकी प्रदेशमा १,३५९ जना, प्रदेश नं ५ मा ४,१३९ जना, कर्णाली प्रदेशमा १,८१३ र सुदूरपश्चिम प्रदेशम ४,०२८ जना रहेका छन् । जम्मा १७ हजार ५०२ जना रहेका छन् ।

आज जम्मा ५७ जनामा संक्रमण भएको पुष्टि
नेपालमा आज जम्मा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कैलालीमा १३, मोरङमा ९, डोटीमा ७, दैलेखमा ५, रुकुमपश्चिममा ३, तेह्रथुम, सर्लाही, गुल्मी, पाल्पा, डडेल्धुरा र बझाङमा २/२ जना, इलाम, झापा, सल्यान, कन्चनपुर, बारा, नुवाकोट, बाग्लुङ र पर्वतका १\१ जना गरी आज जम्मा ५७ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका ५७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ५०२ पुगेको छ ।

नेपालमा घट्दैछ कोरोना संक्रमितको संख्या आज जम्मा ५७ जनामा संक्रमण भएको पुष्टि

कुन प्रदेशका आइसोलेशनमा कति संक्रमित उपचाररत छन् त ?
प्रदेश १ मा ७९ जना, प्रदेश २ मा १,८४४ जना, बाग्मती प्रदेशमा ४११ जना, गण्डकी प्रदेशमा ४०८ जना, प्रदेश नं ५ मा ४१४ जना, कर्णाली प्रदेशमा ३१७ जना र सुदूरपश्चिम प्रदेशमा २, ३५२ जना गरी जम्मा ५, ८२५ जना विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत छन् ।

आज पनि १०३ जना डिस्चार्ज
नेपालमा आज १०३ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । नेपालमा पछिल्लोपटक कोरोना संक्रमण हुने भन्दा पनि संक्रमितहरु निको भएर घर फर्किनेको संख्या बढिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (शनिबार) देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १०३ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।

आज १०३ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ११ हजार ६३७ पुगेको छ ।

आजपनि १०३ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ११ हजार ६३७ पुग्यो

हालसम्म कुन प्रदेशमा कति संक्रमण मुक्त भए त ?
प्रदेश १ मा ७४९ जना, प्रदेश २ मा २, ६३३ जना, बाग्मती प्रदेशमा ४२३ जना, गण्डकी प्रदेशमा ९४६ जना, प्रदेश नं ५ मा ३, ७१५ जना, कर्णाली प्रदेशमा १४९२ जना र सुदूरपश्चिम प्रदेशमा १६७० जना

कुन प्रदेशमा कति छ त क्वारेन्टिनमा रहनेको संख्या ?
प्रदेश १ मा २,३९२, प्रदेश २ मा २,३४४ बाग्मती प्रदेशमा २,०३५ गण्डकी प्रदेशमा ३, ६८७ प्रदेश नं ५ मा ३,९४५, कर्णाली प्रदेशमा १६४५ र सुदूरपश्चिम प्रदेशमा ७,२२७ जना स्थानीय निकायका विभिन्न क्वारेन्टिनमा रहेका छन् ।

५०० भन्दा बढी संक्रमित भएको जिल्ला
देशैभरीका ७७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित उपचाररत रहेका जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् ।

यी हुन् कोरोनामुक्त ५ जिल्ला
देशैभरीका ७७ जिल्लामा फैलिएको कोरोना संक्रमणबाट ५ जिल्ला मुक्त भएका छन् । ती जिल्लामा भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्मको कोरोना अपडेटः १७,४४५ संक्रमित, ११,५३४ निको र मृतकको संख्या ४० पुग्यो

वि.सं.२०७७ साउन ३ शनिवार १८:०५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...