back
CTIZAN AD

नेपालमा हालसम्मको कोरोना अपडेटः १७,४४५ संक्रमित, ११,५३४ निको र मृतकको संख्या ४० पुग्यो

वि.सं.२०७७ साउन २ शुक्रवार

744 

shares

२ साउन, काठमाण्डौं । नेपालमा शुक्रबार (२ असार) सम्म पिसीआर प्रविधिबाट ३ लाख ८ हजार ४९८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ४,६८६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५,८७१ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या २२ हजार ७५६ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएका १०१ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ भने आज निको भएर २८५ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ११ हजार ५३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज १ जना थपिएसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

नेपालमा आज १०१ जनामा कोरोना संक्रमण
नेपालमा आज १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज सबैभन्दा बढी लम्जुङमा २२ जना, रोल्पामा १३ जना र बर्दियामा १० जना संक्रमित भेटिएका छन् ।
त्यस्तै धनुषामा ८, रौतहटमा ८, तनहुँमा ७, दाङमा ५, नवलपरासीपूर्वमा ३, बारामा ३, झापा, मोरङ, पर्सा, भक्तपुर र नुवाकोटमा २÷२ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा आज १०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,४४५ पुग्यो

त्यसैगरी मकवानपुर सप्तरी, डडेल्धुरा, बझाङ, डोटी, सिन्धुली, काभ्रे, काठमाण्डौं, पाल्पा, रुपन्देही, सल्यान र रुकुमपश्चिमका १÷१ जना गरी आज जम्मा १०१ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका १०१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ४४५ पुगेको छ ।

आजपनि २८५ जना निको भएर घर फर्किए
नेपालमा आज २८५ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।
नेपालमा पछिल्लोपटक कोरोना संक्रमण हुने भन्दा पनि संक्रमितहरु निको भएर घर फर्किनेको संख्या बढिरहेको छ ।

नेपालमा बढ्दैछ कोरोनालाई जित्नेको संख्या, आजपनि २८५ जना निको भएर घर फर्किए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत २८५ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज २८५ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ११ हजार ५३४ पुगेको छ ।

आज १ जना संक्रमितको मृत्यु
नेपालमा आज एकजना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज नगरपालिका वडा नं १ का ७३ वर्षीय वृद्धको मृत्यु भएको हो ।

नेपालमा आज कोरोना संक्रमणबाट १ को मृत्यु, मृतकको संख्या ४० पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी डाइविटिज तथा मुटुको दिर्घरोगी थिए । साथै यसअघि मुटुमा २ पटक स्टेन समेत राखिएको थियो ।
असार ३१ गते खोकी ज्वरो र स्वावस प्रश्वासमा समस्या भएर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सीमा भर्ना भइ उपचाररत थिए । उनको श्वाव संकलन गरेर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था जटिल भएका कारण भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको साउन १ गते राति सवा दश बजे मृत्यु भएको हो । उनीसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

यस्तो छ नेपालमा साउन १ गते सम्मको कोरोना अपडेट, हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७७ साउन २ शुक्रवार १८:१७ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...