back
CTIZAN AD

नेपालमा आज १०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,४४५ पुग्यो

वि.सं.२०७७ साउन २ शुक्रवार

873 

shares

२ साउन काठमाण्डौं । नेपालमा आज १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज सबैभन्दा बढी लम्जुङमा २२ जना, रोल्पामा १३ र बर्दियामा १० जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका १, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका १, मोरङका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ८ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बाराका १ र पर्साका २ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २, नुवाकोटका २ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा बाराका २, मकवानपुरका १, नवलपरासीपूर्वका ३, रौतहटका ८ र सिन्धुलीका १ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा काभ्रेका १ जना, टिचिङ अस्पताल महाराजगन्जमा गएिको परीक्षणमा काठमाण्डौंका १ र पाल्पाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा लम्जुङका २२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँका ७ जना, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बर्दियाका १०, दाङका ५, रोल्पाका १३ जना, लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा रुपन्देहीका १ जना, चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा सल्यान र रुकुमपश्चिमका १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका १, बझाङका १ र डोटीका १ जना गरी आज जम्मा १०१ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका १०१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ४४५ पुगेको छ ।

नेपालमा आज १६७ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १७,३४४ पुग्यो

वि.सं.२०७७ साउन २ शुक्रवार १६:४० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...