
२ साउन काठमाण्डौं । नेपालमा आज १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज सबैभन्दा बढी लम्जुङमा २२ जना, रोल्पामा १३ र बर्दियामा १० जना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका १, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका १, मोरङका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ८ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बाराका १ र पर्साका २ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २, नुवाकोटका २ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा बाराका २, मकवानपुरका १, नवलपरासीपूर्वका ३, रौतहटका ८ र सिन्धुलीका १ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा काभ्रेका १ जना, टिचिङ अस्पताल महाराजगन्जमा गएिको परीक्षणमा काठमाण्डौंका १ र पाल्पाका १ जनामा संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा लम्जुङका २२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँका ७ जना, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बर्दियाका १०, दाङका ५, रोल्पाका १३ जना, लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा रुपन्देहीका १ जना, चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा सल्यान र रुकुमपश्चिमका १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका १, बझाङका १ र डोटीका १ जना गरी आज जम्मा १०१ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका १०१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ४४५ पुगेको छ ।
नेपालमा आज १६७ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १७,३४४ पुग्यो