back
CTIZAN AD

लिम्पियारधुरासहितको नयाँ नक्साबारे छिट्टै पुस्तक प्रकाशन हुन्छ : मन्त्री अर्याल

वि.सं.२०७७ साउन २ शुक्रवार

816 

shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरा समेतको भूभाग समेटिएको नक्सा र समग्र सीमासँग सम्बन्धी विषय, तथ्य प्रमाणहरु समेटेर पुस्तक प्रकाशन गर्ने तयारीमा रहेको बताएकी छिन् । मन्त्रालयले शुक्रबार आयोजना गरेको पुस्तक बिमोचन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो जानकारी दिएकी हुन् ।

सिङ्गो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई विष्तृत रुपमा पुस्तकमा लिपिबद्ध गर्नुपर्छ भनेर नापी विभागमार्फत मन्त्रालयले कामको थालनी गरेको मन्त्री अर्यालले जानकारी दिइन । मन्त्री अर्यालले भनिन्, ‘कालापानी, लिम्पियाधुरासम्मका भएका इतिहास, ऐतिहासिक पक्ष, अन्तराष्ट्रिय सीमा सिद्धान्तलाई राखेर तथ्य प्रमाणहरु राखेर निकट भविश्यमै त्यो किताब प्रकाशन गर्ने तयारीमा छौ ।’

मन्त्रालयको नेतृत्व भूमि प्रशासनको क्षेत्रमा नयाँ ढंगले जानका निम्ती जमर्को गरिरहेको भन्दै उनले एकपछी अर्को गर्दै बिगतमा भन्दा सिर्जनशील, प्रगतिशिल र मौलिक ढंगले अगाडी बढ्ने प्रयत्नमा रहेको बताइन । केही नयाँपना दिनका निम्ती मन्त्रालयको टिमले संकल्प गरेको भन्दै उनले नयाँ छबी दिने भन्ने मन्त्रालयको टिमले संकल्प रहेको बताइन ।

ती कामहरु प्रकट पनि भएको भन्दै मन्त्री अर्यालले भनिन्, ‘यहाँहरुले देख्नुहभएकै छ एकपछी अर्को गर्दै नयाँखालका काम हामीले बाहिर पनि ल्याएका छौ । यसको रिजल्ट आइसकेको पनि छ ।’ राष्ट्रियताका सन्दर्भमा सिङ्गो राज्यलाई सहयोग पुग्नेगरी मन्त्रालयले महत्वपुर्ण काम गरेको भन्दै मन्त्री अर्यालले विगतमा छुटाइएको भू-भाग समेटेर नेपालको नक्सा जारी गरेको बताइन ।

भएका तथ्य प्रमाणका आधारमा नक्सा प्रकाशन गरेपछि ती तथ्य प्रमाणहरुमा काम गरिरहँदा यसो गरेको भए हिजोदेखि ती चिजहरु हामीसँग भएको भए समस्या हुने थिएन भन्ने कुराहरु पनि प्रकट भएको भन्दै मन्त्री अर्यालले त्यो विषयका बुझाइमा पनि अनेकता रहेको बताइन । ‘ती बुझाइका अनेकतालाई एकरुपतामा ल्याउनका निम्ती र भएका इतिहासलाई लिपिबद्ध गर्नका निम्ती अब हामीले लिपिबद्ध गर्न गइरहेका छौ’, उनले भनिन ।

मन्त्रालय वार्षिक कार्ययोजनामा मात्र केन्द्रित नभएर अन्य फरक खालका सिर्जनशील कार्यमा पनि हामी अगाडी बढेको मन्त्री अर्यालले बताइन । भूमि व्यवस्था मन्त्रालयले प्रकाशन गरेको भूमी शब्दकोषको तेस्रो संस्करण र २०४७ सालयता मन्त्रालयद्वारा गठन गरिएका केन्द्रीय आयोगहरुको गठन आदेश, कार्यादेश, आयोगले गरेका कामकारबाही समेटिएको पुस्तक मन्त्री अर्यालले बिमोचन गरेकी हुन् ।

मन्त्री अर्यालले भूमी शब्दकोषले भूमी सम्बन्धी शब्दका बारेमा ज्ञान बाँड्ने, कमिकमजोरी सच्याउने बताउदै शब्दकोषमा छुटाइएको भूमि समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा समेत समेटिएकाले पुस्तक विशेष रहेको जानकारी दिइन ।

कार्यक्रममा पुस्तकका बारेमा जानकारी दिँदै मन्त्रालयबाट गत वैशाखमा अवकाश प्राप्त उपसचिव गोपाल गिरीले प्रत्येक शब्दहरुमा बिवाद र दोहोरो अर्थ लाग्ने समस्या देखिन थालेपछि मन्त्रालयले भूमि शब्दकोष तयार पारेको र यसलाई समयअनुसार परिमार्जन गर्दै शब्द थप्दै जानुपर्ने बताए । आयोग सम्बन्धी पुस्तकमा २०४७ सालपछिका १२ वटा आयोगहरु समेटिएको जानकारी दिए ।

त्यस अवसरमा गण्डकी प्रदेशको सचिवका रुपमा सरुवा भएर जानुभएका मन्त्रालयबाट सहसचिव चन्द्रकला पौडेल र मन्त्रालयबाट अवकाश प्राप्त उपसचिव गोपाल गिरीलाई विदाई गरिएको थियो ।

वि.सं.२०७७ साउन २ शुक्रवार १७:०२ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...