back
CTIZAN AD

नेपालमा आज १६७ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १७,३४४ पुग्यो

वि.सं.२०७७ साउन १ बिहीवार

885 

shares

१ साउन, काठमाण्डौं । नेपालमा आज १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी धनुषामा २७ जना, नवलपरासीपुर्वका १७ जना, ओखलढुंगामा १५ जना, कैलाली र कन्चनपुरमा १४\१४ जनामा संक्रमण पुष्टि भएको छ । आज काठमाण्डौंमा जम्मा १ जना संक्रमित भेटिएका छन् भने भक्तपुर र ललितपुरमा केहीदिनदेखि संक्रमित शून्य रहेका छन् ।

मन्त्रालयका अनुसार आज बीपी कोइराला धरानमा झापाका २ र सुनसरीका ४ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका २, उदयपुरका १ र इलामका ६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ३ र ओखलढुंगाका १५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २६ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा पर्साका २ ,बाराका १, रौतहटका ६ जना, भतरपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा धनुषाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाण्डौंका १, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा नवलपरासीपुर्वका १७, रौतहटका ६, मकवानपुरका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २, स्याङजाका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देही र प्युठानका १/१ जना, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका ८, सुर्खेतका २, बर्दिया र दाङका १÷१ जनामा संक्रमण पु्ष्टि भएको छ ।

त्यस्तै दैलेख प्रयोगशालमा गरिएको परीक्षणमा दैलेखका ६, चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणमा रुकुमपश्चिमका १ जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १, सल्यान र जाजरकोटका २/२ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा मुगुका १ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका ८ जना, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका ४, कैलालीका १४, कन्चनपुरका १४, बझाङका १ जना गरी आज जम्मा १६७ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका १६७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ३४४ पुगेको छ ।

नेपालमा आज पनि ११६ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १७,१७७ पुग्यो

वि.सं.२०७७ साउन १ बिहीवार १६:४१ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...