back
CTIZAN AD

यस्तो छ नेपालमा साउन १ गते सम्मको कोरोना अपडेट, हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७७ साउन १ बिहीवार

855 

shares

१ साउन, काठमाण्डौं । नेपालमा आज बिहिबार (१ असार) सम्म पिसीआर प्रविधिबाट ३ लाख ३ हजार ८१० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ४,९८१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६,०५६ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या २३ हजार ५०० रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएका १६७ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ भने आज निको भएर २१४ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ११ हजार २४९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै हालसम्म मृतकको संख्या ३९ पुगेको छ ।

आज १६७ जना नयाँ संक्रमित थपिए
नेपालमा आज १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी धनुषामा २७ जना, नवलपरासीपुर्वका १७ जना, ओखलढुंगामा १५ जना, कैलाली र कन्चनपुरमा १४\१४ जनामा संक्रमण पुष्टि भएको छ । आज काठमाण्डौंमा जम्मा १ जना संक्रमित भेटिएका छन् भने भक्तपुर र ललितपुरमा केहीदिनदेखि संक्रमित शून्य रहेका छन् ।

नेपालमा आज १६७ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १७,३४४ पुग्यो

त्यस्तै रौतहटमा १२, बाँकेमा ८, डडेल्धुरामा ८, इलाममा ६, दैलेखमा ६, झापामा ४ सुनसरीमा ४, अछामका ४, मोरङमा ३, मकवानपुर र ३, सुर्खेतमा ३ जना थपिएका छन् ।

त्यस्तै सल्यान, बाग्लुङ, जाजरकोट र पर्सामा २÷२ जना र उदयपुर, बझाङ, बर्दिया, सुर्खेत, रुकुमपश्चिम, बारा, काठमाण्डौं, स्याङजा, दाङ, मुगु, रुपन्देही र प्युठानमा १\१ जना गरी आज जम्मा १६७ जनामा संक्रमण पुष्टि भएको छ ।  आज थपिएका १६७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ३४४ पुगेको छ ।

आज २१४ जनाले कोरोनालाई जितेर घर फर्किए
नेपालमा आज २१४ जनाले कोरोनालाई जितेर घर फर्र्किएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत २१४ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।

नेपालमा आज २१४ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ११,२४९ पुग्यो

आज २१४ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ११ हजार २४९ पुगेको छ । कूल निको हुने ६४.८५ प्रतिशत हो ।

कुन प्रदेशमा कति निको भए त ?
मन्त्रालयका अनुसार प्रदेश १ मा ७४४ जना, प्रदेश २ मा २,५३८ जना, बाग्मति प्रदेशमा ४०६ जना, गण्डकी प्रदेशमा ९३५ जना, प्रदेश नं ५ मा ३,५३७ जना, कर्णाली प्रदेशमा १,४७९ र सुदूरपश्चिम प्रदेशमा १६१० जना निको भएर घर फर्किएका हुन् ।

कुन प्रदेशको आइसोलेशनमा कति छन् त ?
प्रदेश १ मा ६७ जना, प्रदेश २ मा १,९१५ बाग्मति प्रदेशमा ४२८, गण्डकी प्रदेशमा ३८५, प्रदेश नं ५ मा ५५८ जना, कर्णाली प्रदेशमा ३१९ जना र सुदूरपश्चिम प्रदेशमा २,३८४ जनाको प्रदेशका बिभिन्न जिल्लामा रहेका आइसोलेशनमा उपचाररत रहेका छन् ।

कुन प्रदेशमा कतिजनाको मृत्यु भयो त ?
प्रदेश १ मा शून्य, प्रदेश २ मा ५ जना, बाग्मति प्रदेशमा ९ जना, गण्डकीमा ५ जना, प्रदेश नं ५ मा १० जना, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ६ जना गरी जम्मा ३९ जनाको मृत्यु भएको हो ।

‘काठमाण्डौं उपत्यकामा ३ हजार कोरोनाको नमुना परीक्षण गर्दा ३ संक्रमित भेटिए’
स्वास्थ्य मन्त्रालयले काठमाण्डौं उपत्यकामा ३ हजारको हाराहारीमा कोरोनाको नमुना परीक्षण गर्दा जम्मा ३ जनामात्र कोरोना संक्रमित भेटिएको जानकारी दिएको छ ।
पछिल्ला दिनमा पिसीआर नमुना परीक्षण घटाउँदै गएको मन्त्रालयले संक्रमितको संख्या घट्दै गएको, पोजेटिभ केस कम देखिएको र कन्ट्रयाक ट्रेसिङ गर्नु नपरेको तथा क्वारेन्टिनमा रहेका व्यक्तिहरुमा लक्षण नदेखिएको कारण पिसीआर परीक्षण घटाउँदै लगेको विहिबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यी विभिन्न कारणले पिसीआर परीक्षणको दायरा दैनिक ६=७ हजारबाट घटाएर ४-५ हजारमा समिति राखिएको समेत जानकारी दिएका छन् ।

‘काठमाण्डौं उपत्यकामा ३ हजार कोरोनाको नमुना परीक्षण गर्दा ३ संक्रमित भेटिए’

‘हाल हामीसँग १० हजार नमुना परीक्षण गर्ने क्षमता रहेको छ । आवस्यकता परेमा हामीले दैनिक १० हजार भन्दा बढी पिसीआर जाँच गर्न सक्षम छौं,’ डा. प्रवक्ताले भने, ‘हालैमात्र काठमाण्डौं उपत्यकाका विभिन्न ठाउँमा नमुना परीक्षण गर्दा जम्मा ३ जनाको मात्रै पोजेटिभ आएको छ ।’

उनले संक्रमण दर कम भएकोले परीक्षण कम गरिदै लगेको बताउँदै जोखिम भने नघटेको बताएका छन् । डा. गौतमले पिसीआर पोजेटिभ रेट घटेर २ देखि ३ मा झेरको समेत बताए ।

नेपालमा असार ३१ सम्मको कोरोना अपडेटः १७,१७७ संक्रमित, ११,०२५ निको, ३९ को मृत्यु

वि.सं.२०७७ साउन १ बिहीवार १९:०६ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...