back
CTIZAN AD

यात्रु ओसारपसार गरेको आरोपमा एम्बुलेन्सका चालक पक्राउ

वि.सं.२०७७ साउन १ बिहीवार

843 

shares

१ साउन, काभ्रेपलान्चोक । एम्बुलेन्समा यात्रुहरु ओसारपसार गरेको अभियोगमा बा ५ च ८६३८ नम्बरको एम्बुलेन्सका चालक पक्राउ परेका छन् ।

सर्लाही चन्द्रनगर गाउँपालिका ३ बबरगंज बस्ने ३५ वर्षीय जुगतलाल महत्तोलाई काभ्रे बनेपा नगरपालिका १४ साँगाबाट बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सामाजिक विकास तथा वातावरण संरक्षण संघ बबरगंज सर्लाहीद्धारा संचालित उक्त एम्बुलेन्स प्रहरी चौकी साँगाबाट खटिएको प्रहरीले जाँच गर्दा एम्बुलेन्समा कुनै बिरामी नरहेको र चालक समेत ८ जना यात्रु रहेको फेला पारेको प्रहरीले जनाएको छ ।

१४ हजार रुपैयाँ भाडा लिई गार्मेन्टमा काम गर्ने मजदुरहरु लिई आएको अवस्थामा प्रहरीले चालकलाई पक्राउ गरेको हो ।
एम्बुलेन्स चालक महत्तो उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

वि.सं.२०७७ साउन १ बिहीवार १९:०० मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...