काठमाडौं । नेपाल टेलिकमको शर्भर ह्याक गर्ने धनकुटाका दिवाकर देउवालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । देउजालाई बुधबार ब्यूरोले पक्राउ गरेको हो ।
केन्द्रीय ब्यूरोले जनाएअनुसार पक्राउ परेका देउजा शहरी विकास तथा भवन कार्यालय, धनकुटाका कम्प्युटर अपरेटरसमेत हुन् । प्रहरीले जनाएअनुसार उनले नेपाल टेलिकमको सर्भर ह्याक गरि विभिन्न विभिन्न प्याकेजहरु विक्रि गरेका थिए ।
अनुसन्धान ब्यूरोले जनाएअनुसार धनकुटा पाख्रिबासका २८ वर्षीया देउजाले अन्ट्रेसएवल इन्टरनेटको प्रविधिको प्रयोग गरि ह्याक गरेका थिए । उनले केहि समयदेखि निरन्तर ह्याक गर्दै आएको पनि खुल्न आएको छ ।
प्रहरीले जनाएअनुसार पक्राउ परेका देउजालाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाईनेछ । उनलाई थप अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, काठमाडौंमा ल्याइएको जनाइएको छ ।