
४ साउन, काठमाण्डौं । नेपालमा आज ५८ जनाले कोरोनालाई जितेर घर फर्र्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ५८ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज ५८ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ११,६९५पुगेको छ ।
कुन प्रदेशमा कति निको भए त ?
मन्त्रालयका अनुसार प्रदेश १ मा ७५१ जना, प्रदेश २ मा २,६५९ जना, बाग्मति प्रदेशमा ४२७ जना, गण्डकी प्रदेशमा ९४८ जना, प्रदेश नं ५ मा ३७१५ जना, कर्णाली प्रदेशमा १,५१४ र सुदूरपश्चिम प्रदेशमा १,६७१ जना विभिन्न अस्पताल तथा आइसोलेशनबाट डिस्चार्ज भएर घर फर्किएका छन् ।
आजपनि १०३ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ११ हजार ६३७ पुग्यो