back
CTIZAN AD

नेताहरुसँगको भेटपछि प्रचण्ड बालुवाटारमा, पार्टी विवादबारे सहमती खोज्ने प्रयास हुँदै

वि.सं.२०७७ साउन ४ आइतवार

795 

shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न उनी बालुवाटार पुगेका हुन् ।

नेकपा स्राेतले जनाएअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका ओली र अर्का अध्यक्ष प्रचण्डबीच अहिले छलफल भइरहेकाे छ । यसअघि आइतबारमात्रै दाहालले आफुँ निकटका नेताहरुसँग छलफल गरेका थिए ।

उनले अर्का अध्यक्ष ओलीसँग कुनै सहमती नभएको भन्दै नेताहरुलाई आश्वस्त पारेका थिए । दाहालले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलगायतका नेतासँग प्रधानमन्त्रीसँगको सहमतीबारे स्पष्टीकरण दिएका थिए ।

शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको अर्ली महाधिवेशन मंसिरमा गर्ने प्रस्तावप्रति समर्थन जनाएसँगै उनकाे आलोचना भएकाे थियाे । साथै सचिवालय बैठक लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई अध्यक्षको भेटप्रति नेताहरुले आशंका देखाएका थिए ।

गत असार १० देखि सुरु नेकपाको स्थायी समिति बैठक पार्टी विवादका कारण पटक–पटक स्थगित हुँदै आएको छ । पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएसँगै नेकपामा विवाद चुलिएको थियो ।

वैवादकै कारण गत असार १८ देखि स्थायी समिति बैठक बस्न सकेको छैन् । सहमतीका लागि भन्दै बैठक अन्तिम समय स्थगित हुँदै आएको छ । यसअघि मिति तोकेर असार २०, २२, २४ र साउन २ मा बैठक स्थगित भएको थियो ।

वि.सं.२०७७ साउन ४ आइतवार १७:५३ मा प्रकाशित

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...