back
CTIZAN AD

आफ्नै श्रीमती हत्या गरेर जेल परेका पूर्व डिआइजी रञ्जन कोइराला रिहा

वि.सं.२०७७ साउन ८ बिहीवार

960 

shares

काठमाडौं । पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) रञ्जन कोइराला जेलमुक्त भएका छन् । सर्वौच्चको आदेशपछि ज्यान मुद्दामा कैद परेका उनी ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरि बिहिबार जेलमुक्त भएका हुन् । डिल्लीबजार कारागार प्रशासनले उनलाई जेलमुक्त गरेको हो ।

डिआईजी रञ्जन कोइराला आफ्नै श्रीमति गीता ढकालको हत्या गरेको मुद्दामा जेल परेका थिए । २०६८ को माघमा कोइरालाले आफ्नै श्रीमतिको हत्या गरेका थिए । हत्यापश्चात उनले घटना लुकाउन शवसमेत जलाएर प्रमाण नष्ट गरेका थिए ।

उनलाई प्रहरीले २०६८ माघ २८ मा पक्राउ गरेको थियो ।

ज्यान मुद्दामा पक्राउ परेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदनले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर, सर्वौच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले भने सजाय घटाउने फैसला गरि रिहा गराएको हो ।

उनलाई श्रीमतिको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षामा प्रभाव पर्ने भन्दै सजाय घटाइएको छ ।

वि.सं.२०७७ साउन ८ बिहीवार १२:२३ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...